• काठमाडौं, ७ भदौ । नेपाली कांग्रेस नेतृ डा. डिला संग्रौलाले शालीकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि जेलमा रहेका रवि लामिछानेसँग भेट गरेकी छन् । सांसदसमेत रहेकी डा. संग्रौलाले शनिबार बिहान चितवनको जेलमा रहेका लामिछानेसँग भेट गरेकी हुन् ।

    भेटका क्रममा रविले सांसद संग्रौलासँग अदालतबाट न्याय पाउने आशामा रहेको बताएका थिए । उनले सबै जनाको साथ सहयोग चाहेको बताए । साथै उनले अनुसन्धान प्रक्रिया चाँडै टुंगियोस भन्ने कामना गरेको बताएका छन् ।

    ‘प्रहरीले चाँडै अनुसन्धान सकोस् । मैले न्याय पाउनेमा विश्वस्त छु’, लामिछानेको भनाई उदृत गर्दै सांसद संग्रौलाले हटलाइनखबरसँग भनिन्, ‘शालिकरामका हत्यारा चाँडै पत्ता लागोस् । म जेलबाट निस्किनेबित्तिकै अपराधी पत्ता लगाइदिन्छु भन्नु भएको छ ।’

    भेटका क्रममा सांसद संग्रौलाले निर्दोषलाई दोषी बनाउने र अपराधि उम्किन नहुने बताएकी थिइन् । उनले अनुसन्धानका नाममा म्याद थप्ने काम मात्र भएको भन्दै छिट्टो अनुसन्धान प्रक्रिया टुंगोमा पुर्याउन माग गरेकी छिन् ।

    आन्दोलनका क्रममा महिलामाथि हातपात भएको भन्दै सांस संग्रौलाले आपत्ति जनाएकी छन् । उनले शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप भएको बताइन् ।

    रविलाई भेट्न सांसद संग्रौलासहित प्रदेश सांसद मिलनबाबु श्रेष्ठ र नेपाली कांग्रेस चितवनका नेताहरु गएका थिए ।

    चितवनको एक होटलमा माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार पुडासैनीको चितवनको एक होलामा झुण्डिएको अवस्थामा शव भेटिएको थियो । आत्महत्या गर्नुअघि पुडासैनीले रवि लामिछानेसहित तीन जनाको नाम एक भिडियोमा लिएका थिए ।

    त्यही भिडियोकाआधारमा र परिवारका सदस्यले किटानी जाहेरी दिएपछि रविलाई पक्राउ गरिएको थियो । रविलाई आत्महत्या गर्न प्रोत्साहन गरेको अभियोगमा हिरासतमा लिइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…