• काठमाडौं । शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएका न्यूज २४ टेलिभिजनका सीधाकुरा जनतासँगका प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेलको थपिएको म्याद भोलि सकिंदैछ ।

    दोश्रो पटक थपिएको म्याद भोलि आइतबार सकिनै लाग्दा मुलुकभर उनीहरुको रिहाईको माग गर्दै प्रदर्शन जारी छ । समर्थकहरूले लामिछानेलाई रिहाई गर्न माग गर्दै शनिबार देशका विभिन्न ठाउँहरूमा प्रदर्शन गरिरहेका छन् । यस्तै राजधानीको माइतीघरमा पनि प्रदर्शन गरिएको छ ।

    माइतीघर मण्डलामा लामिछानेका हजारौँ समर्थकहरू जम्मा भई रिहाइको माग गर्दै प्रदर्शन गरेका छन् । भ्रष्टाचार, बेथिति, अन्याय र लुटतन्त्र विरुद्ध भन्दै नेपालका लागि नेपाली नामक समूहले प्रदर्शन गरेको हो । समर्थकहरूहरुले प्रदर्शनको क्रममा रवि लामिछानेसहित पक्राउ परेका पत्रकार युवराज कँडेल र अस्मिता कार्की निर्दोष रहेको भन्दै नाराबाजी गरेका छन् ।

    यस्तै घटनामा निश्पक्ष छानबिनमाथि शंका उत्पन्न भएको भन्दै लामिछानेका समर्थकहरुले काठमाडौं उपत्यका, चितवन, बाराको पथलैया र सिमरामा लगायतका ठाउँहरुमा प्रदर्शन गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…