काठमाडौँ । कलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुस) ले सामाजिक संजाल मार्फत पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको विषयमा एक अभिव्यक्ती व्यक्त गरेका छन् ।
उनले आफ्नो फेबुकमा वालमा एक स्टाटस् अपडेट गर्दै शालिकरामको परिवारले समेत न्याय पाउनु पर्ने र यस घटनाबारे निष्पक्ष छानबिन भई ‘दोषि नउम्कियोस्, निर्दोष नफसोस्’ भन्ने अभिव्यक्ती व्यक्त गरेका हुन् ।
उनले एक दिन अघी पोष्ट गरिएको उक्त स्टाटसमा संचारकर्मी रबी लामिछानेको समर्थन लिंदै समाज परिवर्तनका लागि सकारात्मक कार्यहरु गर्ने कोही पनि अन्यायमा पर्नु भनेको न्याय क्षेत्रमाथी नै प्रश्नचिन्ह उठ्ने वातावरण बन्नु रहेको बताएका छन् ।
साथै उनले घटनालाई अतिरञ्जित नबनाई सत्यतथ्य छिटो भन्दा छिटो सार्बजनिक गर्नका लागि अनुसन्धानरत पक्षसँग अनुरोध समेत गरेका छन् । उनले फेसबुकमा लेखेका छन् ' अदालतले अनुसन्धानको लागि भन्दै ५ दिनको म्याद थपेको अवस्थामा हामी सबैको एउटै आवाज हो, निष्पक्ष छानबिन । सबैको आवाज ‘दोषि नउम्कियोस्, निर्दोष नफसोस्’ भन्ने नै हो । पत्रकार स्व.शालिकराम पुडासैनीको आत्महत्या (पोष्टमार्टम रिपोर्ट अनुसार) संगै भ्रष्टाचार, अन्याय, ढिलासुस्ती र अनियमितताका विरुद्ध र दुःखीपीडितको पक्षमा वकालत गर्ने निर्भिक व्यक्तित्व रबि लामिछाने दाई अनुसन्धानका लागि पक्राउ परेपछि उत्पन्न परिस्थितीले हामी सबै दुःखी बनेको अवस्था हो ।
समाज परिवर्तनका लागि सकारात्मक कार्यहरु गर्ने कोही पनि अन्यायमा पर्नु भनेको न्याय क्षेत्रमाथी नै प्रश्नचिन्ह उठ्ने वातावरण बन्नु हो । आशा गरौं, सालिकराम पुडासैनीको परिवारले समेत न्याय पाउने वातावरण सिर्जना गर्न अनुसन्धानमा अब्बल मानिने नेपाल प्रहरी सफल हुनेछ र सत्यको जित हुनेछ।
साथै घटनालाई अतिरञ्जित नबनाई सत्यतथ्य छिटो भन्दा छिटो सार्बजनिक गर्नका लागि अनुसन्धानरत पक्षसँग अनुरोध गर्दछु ।
 
                                
 
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        