• चितवन ८ भदाै- हिरासतमा रहेका पति रवि लामिछानेको ग्रहदशा कटोस् भन्दै पत्नी निकिता पौडेल काठमाडौंबाटै ज्योतिष लिएर भरतपुर पुगेकी छन् । शनिबार नै भरतपुर पुगेकी उनले बाहिर मन्दिरमा रविको ग्रहदशा हटोस् भन्दै पूजापाठ गराएकी हुन् ।

    निकिता प्रहरी हिरासतमा रहेका रविलाई भेट्न ज्योतिषलाई पनि सँगै लिएर गएकी थिइन् ।

    पूजापाठ गरेपछि निकिता प्रहरी हिरासतमा रहेका रविलाई भेट्न ज्योतिषलाई पनि सँगै लिएर गएकी थिइन् । ज्योतिषले रविलाई टीका र चन्दन लगाइदिएको बताइन्छ । केही समय रविसँगे भेटेर दुवै बाहिरिएका थिए ।

    रविलाई भेट्न भनेर आइतबार बिहानै कलाकारहरू दीपकराज गिरी, निर्मल शर्मा, दीपाश्री निरौला, केदार घिमिरे, अनुराग कुँवर, रमेश उप्रेतीलगायत भरतपुर पुगेका थिए ।

    भदौमै रविको जन्मदिन पर्छ । रविलाई अहिले साढे सातको दशा लागेकाले पनि मु*द्दा मामिला लाग्न सक्ने ज्योतिषहरूले भविष्यवाणी गर्दै आएका छन् । सोही कारण निकिताले ज्योतिषलाई लिएर रविकहाँ पुगेकी हुन् ।

    रविलाई भेटेर फर्किंदा कलाकार निर्देशक दीपाश्री निरौलाको आँखाभरि आँशु देखिएको थियो । उनी बाहिर सञ्चारकर्मी र भित्र रविलाई भेट्दा पनि रोएकी थिइन् ।

    रविलाई भेट्न भनेर आइतबार बिहानै कलाकारहरू दीपकराज गिरी, निर्मल शर्मा, दीपाश्री निरौला, केदार घिमिरे, अनुराग कुँवर, रमेश उप्रेतीलगायत भरतपुर पुगेका थिए । उनीहरू अहिले काठमाडौं फर्केका छन् ।

    हेर्नुहाेस् भिडियाेः

    https://youtu.be/wds-XeuapfQ

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…