• काठमाडौं । शालिकराम पुडासैनी प्रकरणमा सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको निःशर्त रिहाइको माग गर्दै देशभर प्रदर्शन जारी राखिएको छ । सञ्चारकर्मी लामिछाने र कँडेललाई गैह्रकानूनी ढंगबाट प्रहरी हिरासतमा लिइएको विरोधमा आइतबार पनि मुलुकका विभिन्न ठाउँमा स्वस्फूर्त रुपमा स्थानीयले -याली र कोणसभा गरेका छन् ।

    नियन्त्रणमा लिएको १० दिनपछि प्रहरीले अनुसन्धान सकाएर सञ्चारकर्मी लामिछाने, कँडेल र अस्मिता कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गराएको छ । सोही घटनामा अस्मिता भनिने रुकु कार्कीको बयान लिइएको छ । समय अभाव भएपछि लामिछाने र कँडेलको वयान बाँकी छ ।

    बयान सोमबार बिहान कार्यालय समय सुरु भएदेखि नै अदालतमा बयान लिइनेछ । यदि दुवैको बयान सकिएको खण्डमा सोमबार टि ब्रेक अर्थात् १ बजेको समयपछि थुनछेक बहस हुनेछ । आइतबार बिहान ९ बजे रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई अदालतमा पेश गरेदेखि नै अदालत बाहिर प्रदर्शन भएको थियो । प्रदर्शनमा लामिछाने र कँडेलको रिहाईको माग गरेका थिए ।

    विहान प्रहरीले आफ्नो अनुसन्धान सकाएर सरकारी वकिलको कार्यलयमा पु-याउँदा पनि बाहिर प्रदर्शन जारी थियो । अदालतमा बयान लिने क्रम जारी हुँदै रवि लामिछाने र युवराज कँडेलसहित अस्मिता कार्की आइतबार पनि हिरासतमै रहने भएपछि अदालतबाहिर प्रदर्शनकारी आक्रोशित बनेका छन् ।

    प्रहरीसँग प्रदर्शनकारीको झडप हुँदा प्रहरीले डेट एक्स्पायर अश्रु ग्यास समेत प्रहार गरेको थियो भने अस्पताल परिसरमा समेत अश्रु ग्यास हानिएको थियो । प्रहरीले प्रहार गरेका अश्रु ग्यासको डेट २०१० मै सकिसकेको छ । गत साउन २० गते चितवनको कङ्गारु होटेलमा पत्रकार पुडासैनी मृत अवस्थामा फेला परेका थिए ।

    सोही विषयमा छानविनका लागि सञ्चाकर्मी रवि लामिछाने र युवराज कँडेललाई चितवन प्रहरीले न्युज २४ टेलिभिजनको कार्यालयमै प्रवेश गरी अन्तर्राष्ट्रिय मान्यता विपरित नियन्त्रणमा लिएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…