काठमाडौंं । चितवनमा नेपाल प्रहरी र टेलिभजन प्रस्तोता रवि लामिछानेका समर्थकबीच अहिले झडप भएको छ ।
जसका कारण भरतपुरको चौबिसकोठी क्षेत्र तनाबग्रस्त भएको हो । अहिले उक्त क्षेत्रमा टायर बालेर प्रर्दशन गरिएको छ भने गाडीहरुमा तोडफोड भएको छ ।
लामिछानेका समर्थकले प्रहरीमाथि बोतल प्रहार गरेपछि सुरक्षाकर्मीले अश्रुग्यास चलाएकाछन् ।
शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभजन प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध आइतबार आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ ।
पत्रकार पुडासैनी आत्महत्या प्रकरणः अस्मिताको बयान सकियो, रवि र युवराजको बयान भोली पनि
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा शालिकराम पुडासैनी आत्महत्या प्रकरण मुद्दा रहेको छ ।
साउन २० गते राति नारायणगढको एक होटलमा पत्रकार शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए ।
सो पश्चात् अनुसन्धानको क्रममा भेटिएको भिडियोमा तीन जनाका कारण आफूले आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेपछि लामिछानेसहित तीन जनालाई साउन ३० गते प्रहरीले काठमाडौँबाट पक्राउ गरेको थियो ।
उनीहरु पक्राउसँगै समर्थकहरुले रिहाइ गर्नुपर्ने माग गर्दै दिनहुँ यहाँ प्रदर्शन गरिरहेका छन् । गत वर्षको भदौमा लागू भएको नयाँ कानुनमा आत्महत्या गर्न बाध्य पार्नेलाई कारवाही हुने व्यवस्था रहेको छ । उनीहरुलाई आज जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ ।
लामिछानेसहितको मुद्दाको टुङ्गो लाग्ने भन्दै ठूलो सङ्ख्यामा समर्थकहरुले प्रदर्शन गरेका थिए । साँझ अदालतबाट उनीहरुलाई प्रहरी कार्यालयमा ल्याउने क्रममा प्रहरीले समर्थकहरुलाई तितरवितरा गर्न केही सेल अश्रुग्यास प्रहार गरेको थियो । सो क्रममा समर्थकहरुले प्रहारीमाथि ढुङ्गा प्रहार गरेका थिए ।