पथरी । मोरङको पथरीमा रवि लामिछानेका समर्थकहरू जम्मा भई रिहाइको माग गर्दै प्रदर्शन गरेका छन् । सञ्चारकर्मी लामिछाने र कँडेललाई गैह्रकानुनी ढंगबाट प्रहरी हिरासतमा लिइएको विरोधमा स्वतन्त्र नागरिकले पथरीमा स्वस्फूर्त रुपमा ¥याली र कोणसभा गरेका छन् ।
सञ्चारकर्मी रवि लामिछानेलाई विभिन्न बहानामा फसाउन खोजिएको भन्दै होसियार रहन उनीहरुले खबरदारी गरेका छन् । सहभागीहरुले पत्रकार लामिछाने दोषी नरहेको विश्वास समेत व्यक्त गरेका थिए ।
उनीहरुले पत्रकार शालिकराम पुडासैनी प्रकरणको निश्पक्ष छानबिन गरिनु पर्ने समेत माग गरेका छन् । सहभागीले नेपालको राष्ट्रिय झण्डासहित ‘राष्ट्रका सपुत रवि लामिछानेको साथमा हामी छौँ’ लेखिएको ब्यानर लिएर (यालीमा उत्रिएका थिए । र्यालीमा निर्दोषलाई फसाउन पाइँदैन, पत्रकार पुडासैनीलाई न्याय दे, हत्यालाई आत्महत्या भन्न पाइँदैन, विधिको शासन कायम गर, रवि लामिछानेलाई बिना सर्ता रिहा गर, रवि लामिछाने जिन्दावाद जस्ता नारा लगाएका थिए । सभालाई रमेश प्रसाई लगायतले सम्बोधन गरेका थिए ।
न्युज २४ टेलिभिजनबाट प्रशारण हुने चर्चित कार्यक्रम ‘सीधाकुरा जनतासँग’का प्रस्तोता रवि लामिछाने उनका सहकर्मी युवराज कँडेलसहित ३ जनालाई चितवन प्रहरीले साउन ३० गते पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ गरेको थियो ।