मोरङ । मोरङको कानेपोखरीमा आयोजित तिज बिशेष कार्यक्रममा स्थानीय समाजसेवी देवेन्द्र लुइटेलले शारिरीक रुपमा अशक्तहरु भएकाहरुलाई ह्वील चियर तथा बैशाखी प्रदान गर्नुभएको छ ।
अपाङ्गता भएकाहरुलाई बयरबन बजारको कार्यक्रम स्थलमा उपस्थित गराई उहाँले ह्विल चियर प्रदान गर्नुभयो भने कार्यक्रममा आउन नसक्नुभएकाहरुलाई घरमै पुगेर उक्त समाग्री प्रदान गर्नुभयो ।
व्हील चियर पाउनुहुनेहरुमामा धब्लु सन्थाल,केदार कार्की, फूलेश्वरी राजबंंशी,घुरन चौधरी,कृष्ण बहादुर माझी, मकार जित तामाङ्ग,भवेश राई,कर्ण बहादुर गुरुङ,लहनसरी राई ,कृष्ण प्रसाद पराजुली,भोला भुजेल,लाख बहादुर लिम्बु,बोधरानी लिम्बु रहनुभएको छ । यस्तै सोहि कार्यक्रममा एक हाते बैसाखी पनि प्रदान गरिएको छ । यसरी बैशाखी पाउनेहरुमा भिम प्रसाद न्यौपाने,जानकी ऋषिदेव, भुट्टी मुसहर,बिपते माझी,दल बहादुर मगर र दृष्टी बिहिन हरुमा १. गोमा बस्नेत शेर बहादुर खड्का हुनुहुन्छ । अपाङ्ता भएपनि हिडडुल गर्न सहज होस भनेर सहयोग गरेको समाजसेवी लुइटेल बताउनुहुन्छ । स्थानीय स्तरमा निक्कै सामाजिक काम गर्दै आउनुभएका देबेन्द्र लुईटेलको सहयोग प्रति अपाङ्गता भएका त्यहाका स्थानीयहरुले खुशी प्रकट गरेका छन् भने सहभागीहरुले प्रशंसा पनि प्रशंषा गरेका छन् । समाजसेवी लुईटेल भन्नुहुन्छ, आफ्नो सानो सहयोगले गाउँको दुख पीडामा मल्हम पट्टी लगाउने प्रयास हुन्छ भने किन सहयोग नगर्ने । म गाउँमा सामाजिक कामलाई निरन्तरता दिनेछु ।