• विराटनगर । मोरङ जिल्लामा सम्बन्ध विच्छेद गर्ने पुरुषकाे सङ्ख्या बढ्दाे छ । नयाँ मुलुकी देवानी संहिता ऐन २०७४ ले पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने गरी कानुन निर्माण गरेपछि यहाँकाे जिल्ला अदालतमा सम्बन्ध विच्छेद गर्नेहरुमा महिलाको तुलनामा पुरुषको संख्या बढेको हाे ।

    नयाँ कानुन लागू भएपछि मोरङमा २ सय ३६ जना पुरुषले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएको जिल्ला अदालत मोरङका श्रेष्तेदार इश्वरमणी ओझाले जानकारी दिनुभयो । गत वर्ष भन्दा अघि महिलाहरूले मात्र सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराउँदै आएका थिए ।

    पुरुषहरूले दर्ता गराएको मुद्दा फैसला हुन करिब एक वर्ष लाग्ने भएकाले गत आर्थिक वर्षमा २ सय ३६ वटा मुद्दा मध्ये ८६ वटा मुद्दा मात्र फैसला हुन बाँकी रहेको श्रेष्तेदार ओझाले जानकारी दिनुभयो ।

    पुरुषहरूले सम्बन्ध विच्छेदको मुद्दा हाल्न पाउने भए पनि पुरुषहरूको तुलनामा महिलाहरूको मुद्दा बढी आएको जिल्ला अदालत मोरङले जनाएको छ ।

    पारिवारिक रहन सहन, बाहिरी वातावरणको आकर्षण , घरायसी वेमेल र धेरैजसो वैदेशिक रोजगारको कारण नै श्रीमान् श्रीमती बिचको सम्बन्धमा नकारात्मक विचार पैदा हुनाका साथै भावनात्मक सम्बन्ध बिग्रिएका कारण सम्बन्ध विच्छेद हुने गरेको अदालतले जनाएको छ ।

    सम्बन्ध विच्छेद मुद्दा हाल्नेहरूमा वैदेशिक रोजगारमा गएर फर्केका श्रीमानहरू नै बढी रहेको जिल्ला अदालतले जनाएको छ ।

    अदालतमा सम्बन्ध विच्छेदको लागि परेका निवेदनको आधारमा पहिले त दुवै दम्पतीलाई कार्यालयमा झिकाएर मेलमिलाप गराउने प्रयास गरिन्छ । तर मेलमिलाप हुनै नसक्ने अवस्थामा मात्र निवेदन परेको एक वर्षभित्र दुवै दम्पतीको मञ्जुरीमा मुद्धा फैसला गर्ने काम जिल्ला अदालतले गर्दै आएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…