• जिल्ला अदालतमा बयान जारी
    पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले तीनजनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको छ । प्रहरीले मुद्दाको अध्ययन प्रतिवेदन र रायसहितको मिसिल बुझाएपछि सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीविरुद्ध आइतबार चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।

    प्रहरी प्रतिवेदन र रायका आधारमा सरकारी वकिलले अभियोजनसहित अदालतमा मुद्दा दर्ता गराएको जिल्ला सहायक न्यायाधिवक्ता प्रकाश थापाले जानकारी दिए । आत्महत्यामा दुरुत्साहनको कसुर प्रमाणित भए मुलुकी अपराध संहिताअनुसार पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ । यसअघि प्रहरीले अदालतबाट तीनैजनाको म्याद थप गरी १० दिन अनुसन्धान गरेको थियो ।

    मुद्दा दर्ता भएपछि आइतबार आरोपीमध्येका एक रुकु भनिने अस्मिता कार्कीसँग अदालतले बयान लिएको छ । कार्कीसँगको बयान सकिएको छ । लामिछाने र कँडेलसँग सोमबार बयान लिइने चितवन अदालतका स्रेस्तेदार रुद्रमणि गिरीले बताए । दुवैजनाको बयानपछि सरकारी र आरोपी पक्षका वकिलले बहस गर्नेछन् । पत्रकार पुडासैनी आत्महत्या प्रकरणसम्बन्धी मुद्दा चितवन अदालतका जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा परेको छ ।

    बहस सोमबार सकिए तत्कालै, नत्र केही दिन लाग्ने भएमा पुर्पक्षका लागि थुनछेक आदेश धकेलिने भएको छ । थुनछेक आदेशपछि धरौटीमा रिहा हुने वा कारागार चलान भई मुद्दा प्रक्रिया अघि बढ्ने भन्ने निक्र्योल हुनेछ ।

    सञ्चारकर्मी लामिछानेका समर्थकले आइतबार भरतपुरमा प्र्रदर्शन गरेका छन् । विभिन्न स्थानबाट उनका समर्थक फूलमालासहित भरतपुर आएका थिए । साँझ ६ बजे प्रदर्शनकारी उत्तेजित भई ढुंगा हान्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । घटनामा एक प्रहरी घाइते भएको चितवन प्रहरी प्रवक्ता डिएसपी एकनारायण कोइरालाले बताए । एक घन्टासम्म प्रहरी र लामिछाने समर्थकबीच ढुंगा र अश्रुग्यास हानाहान भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…