• काठमाडौं । कांग्रेसमा पहिलो चरणमा गठन हुने १६५ प्रतिनिधिसभा र ३३० प्रदेशस्तरीय समितिका लागि निर्वाचन समितिले सम्बन्धित जिल्लाबाटै प्रतिनिधि खटाउने तयारी गरेको छ । पहिलो चरणमा २० भदौसम्म समिति समायोजन गर्न केन्द्रबाट नभई सम्बन्धित जिल्लाबाटै प्रतिनिधि खटाउने तयारी भएको निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले जानकारी दिए ।

    ‘निर्वाचन नहुने भएकाले पहिलो चरणमा हुने संरचना गठनका लागि निर्देशिकाले धेरै विषय प्रष्ट पारिसकेको छ,’ अधिकारीले भने, ‘यस्तो हुँदा केन्द्रका प्रतिनिधि भएर काम गर्न जिल्लाकै साथीहरू अबको तीन दिनभित्रमा तोक्छौँ । यसअघि केन्द्रबाटै ७७ वटै जिल्लामा प्रतिनिधि खटाउने तयारी निर्वाचन समितिको थियो । तर, निर्वाचन नहुने गरी निर्देशिकाले संरचना गठनको बाटो खुलाएपछि सहज अवस्थामा जिल्लाबाटै प्रतिनिधि खटाएर संरचना गठन गर्ने तयारी समितिको छ ।

    प्रतिनिधि खटाउँदा कांग्रेस निकटका कानुन व्यवसायी, प्राध्यापक, शिक्षक संघसहितका संस्थाबाट खटाउने तयारी छ । अधिकारीले २० भदौभित्र प्रतिनिधिसभा र प्रदेशसभाका संरचना गठन हुने दाबी गरे । त्यसपछि कात्तिक मसान्तसम्म स्थानीय तहमुनिका संरचना गठनको तयारीमा लाग्ने जानकारी उनले दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…