• भदौ ९, चितवन । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र रुकु कार्कीविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ताभएसँगै आइतबादेखि नै अदालतले बयान लिन सुरु गरेको छ ।

    अदालतले आइतबार अस्मिता भनिने रुकु कार्कीसँग बयान लिइसकेको छ भने सोमबाबर लामिछाने र कँडेलसँग बयान लिँदै छ । बयानका लागि उनीहरुलाई जिल्ला अदालत लगिसकिएको छ । सोमबार सुरुमा युवराज कँडेलसँग बयान लिने अदालत श्रोतले जनाएको छ । कँडेलसँगको बयान सकिएपछि समय रहेमा सोमबार नै लामिछानेसँग पनि बयान लिने अदालतको तयारी छ ।

    आइतबार कार्कीसँग बयान लिएपनि समय अभावका कारण कँडेल र लामिछानेसँग बयान लिन नसकिएको अदालतको भनाई छ । तीनै जनाको बयान सकिएपछि अदालतले बयानका आधारमा आफ्नो फैसला सुनाउने छ ।

    जिल्ला सरकारी वकिल कार्यालय चितवनले उनीहरुविरुद्ध आइतबार दिउँसो मुद्दा दायर गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयका सूचना अधिकारी प्रकाश थापाका अनुसार मुलुकी अपराध संहिता २०७४ को दफा १७७ र दफा १८५ को १ र २ को कसुरमा तीनै जना प्रतिवादीलाई दफा १८५ को २ अनुसार सजाय माग गर्दै मुद्दा दायर भएको हो । सो दफामा पाँच वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना वा दुवै गर्न सकिने व्यवस्था रहेको छ ।

    गत साउन २० गते राति नारायणगढको एक होटलमा पत्रकार शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । पुडासैनीले मृत्युअघि रवि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीलाई आफ्नो हत्याको दोष लागाउँदै खिचेको भिडियो सार्वजनिक भएपछि तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।

    यता रविका समर्थकहरुले भने रविलाई रिहाई गर्नु पर्ने माग गर्दै प्रदर्शन जारी राखेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…