• रातोकलम अनलाइन।
    भदौ-८ क्वालालम्पुर।

    बिश्व, साइकल यात्री कविराज मगरलाई मलेसियामा नेपाल आदिवासी जनजाति महासंघ र मगर संघ मलेसियाले सङ्युक्त रुपमा सम्मान गरेको छ। अगस्ट-२४ तारिक आइतबार मलेसियाको राजधानी क्वालालम्पुरको नेपाली खाजाघर गोर्खाजमा एक औपचारिक कार्यक्रमको आयोजना गरि मगर लाई सम्मान गरिएको हो।

    नेपाल मगर संघ मलेसियाका अध्यक्ष पुस्मिता ठाडा मगरको सभापतित्वमा सुरुवात भएको कार्यक्रममा प्रमुख अथिती नेपाल आदिवासी जनजाति महासघ मलेशियाका अध्यक्ष खेम मगर रहेका थिए।सो कार्यक्रममा मलेशियामा गठित विभिन्न संघ सस्थाका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो।

    विश्व साइकिल यात्री मगर लाई नेपाल मगर संघ मलेशियाले मलेशियन रिङिट एक हजार एक सहयोग गरेको छ।भने कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले यात्रा सफल्ता तथा सुभकामना दिएका थिए।आफ्नो भनाई राख्ने क्रममा साईकिल यात्री मगरले आफ्नो भ्रमण मलेशिया वाट सुरु गर्न लागेको जानकारी दिए।

    सो भ्रमणको लागि नेपाल सरकार परराष्ट्र मन्त्रालयले यात्राका लागि अनुमती पत्र बाहेक आर्थिक सहयोग नगरेको जानकारी दिदै भ्रमण आफ्नै खर्च र सरसहयोग बाट गर्ने लक्ष्य रहेको बताए,कार्यक्रमका सभापति ठाडामगरले समापन गर्दै विश्व साइकिल यात्री कबिराज मगर लाई विभिन्न देशहरुमा रहेका नेपाली कुटनितिक नियोग र नेपाली संघ सस्थाहरु लाई सहयोग गरिदिन अपिल गर्दै समापन गरेको कार्यक्रम लाई ईश्वर राई ले संचालन गरेका थिए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…