• काठमाडौं । सञ्चारकर्मीद्वयलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लियो । अदालतमा उपस्थित गराई थुनामा राखेर अनुसन्धान गर्न म्याद थप ग¥यो । अपराध अनुसन्धान गर्ने क्रममा यो सामान्य प्रक्रिया हो । सबै घटनामा हुने यस्तै हो । तर, अहिले परिस्थिति फरक छ ।

    न्युज २४ टेलिभिजनमा प्रसारण हुने कार्यक्रम ‘सीधा कुरा जनतासँग’का प्रस्तोता रवि लामिछानेको समर्थनमा भिड उर्लियो । जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत बाहिर उनीहरुले साउन ३१ गते शुक्रबारदेखि लगातार नाराबाजी गरे । नाराबाजी भएपछि झडपसमेत भयो । केही प्रदर्शनकारी र प्रहरी घाइते भए । अश्रुग्यास प्रहार गर्नुप¥यो । आखिर किन उर्लियो त एक टेलिभिजन प्रस्तोताका लागि यत्रो भिड ? के अरु कुनै टेलिभिजन प्रस्तोताका लागि यति धेरै मास सडकमा आउँछ ?

    रवि लामिछानेका समर्थकहरुलाई ‘अन्धभक्त’ मात्रै भनेर यो प्रश्नको जवाफ पाइन्न । अन्धभक्त हुनुपर्ने के काम गरे त रविले ? कुनै पनि सञ्चारकर्मीको समर्थनमा यति धेरै मान्छे उत्रेर यति उत्तेजित नाराबाजी गरेको यो पहिलो पटक हो । उत्तेजित भिडका नाराहरु अनौठा थिए– हाम्रो रवि हाम्रो देश, प्राणभन्दा प्यारो छ । अहिलेसम्म राजाको पक्षमा मात्र यस्तो नारा लागेको सुनेको भएपनि युवादेखि उमेर ढल्किसकेका वृद्धवृद्धाहरु पनि रविको समर्थनमा सडकमा आएको देखिएको छ ।

    रविलाई साउन ३० गते बिहीबार राति प्रहरीले टेलिभिजनको कार्यालयमा नै गई पक्राउ गरेको केही समयपछि ‘उनका समर्थकहरु खाडी देशमा छन्, आन्दोलन गरे उतै गर्लान् नि’ भन्नेहरु पनि देखिएका थिए । तर उनीहरुलाई समेत स्तब्ध पार्ने गरी चितवनमा प्रदर्शन भइरहे । ४१६ वटा एपिसोडमै रविले के त्यस्तो जादू गरे, जुन नेपालका कुनै पनि टेलिभिजन प्रस्तोताले गर्न सकेका थिएनन् ।

    इश्र्या र डाहा गर्न त पाइयो तर सँगै एक पटक सोच्न पनि प¥यो, पत्रकारिताको अभ्यासमा अडियन्स (दर्शक÷पाठक) र सञ्चारकर्मीबीच रहेको एउटा ठूलो खाडललाई उनले कम गरेका त हुन् नि । हाम्रो बोली उनले बोलिदिन्छ भन्ने आशा र विश्वास सामान्य मानिसका मनमा उनले पारिदिएका त हो नि । गलत काम गर्नेहरुको मुटुमा ढ्याङ्ग्रो ठोक्ने बनाइदिने काम त उनले गरेका हुन् नि । आज उनी अप्ठेरोमा पर्दा सबभन्दा खुसी गलत काम गर्नेहरु पनि भएको त सही हो नि । भलै उनको शैलीसित विमति राख्न पाइएला । उनले गरेको कामलाई पत्रकारिता भन्ने कि नभन्ने भन्ने प्रश्न पनि होला ।



    रवि एउटा प्रभावकारी कार्यक्रम बनाउन चाहन्थे । केही यस्तो काम गर्नुप¥यो, जसका कारण आफ्नो नाम रहोस् । त्यसपछि उनले ६२ घण्टा १२ मिनेटसम्म कार्यक्रम चलाएर विश्वमा सबैभन्दा लामो समयसम्म टक शो होस्ट गरेको विश्व कीर्तिमान बनाए । यो सन् २०१३ को कुरा थियो । तर विश्व रेकर्डले भन्दा पनि उनलाई चिनाउने काम चाहिँ ‘सीधा कुरा’ले नै र्गयो । यसको सुरुवात भने ‘सीधा कुरा प्रधानमन्त्रीसँग’ बाट भएको थियो ।

    वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै प्रधानमन्त्री थिए त्यतिबेला । सरकार परिवर्तन भएर प्रचण्ड प्रधानमन्त्री बने, कार्यक्रम अर्कैले चलाए। त्यही लोगो र त्यही सेटमा । उनले ‘सीधा कुरा प्रधानमन्त्री’सँग नभई ‘सीधा कुरा जनतासँग’ चलाए उस्तै लोगो र उस्तै सेटमा। त्यो नै उनको जीवनको टर्निङ प्वाइन्ट बन्यो। जनतालाई आफ्नो कुरा यही कार्यक्रममा आउँछ, आफ्नो समस्याको समाधान यही कार्यक्रमले गर्छ भन्ने विश्वास जित्न सफल भयो यो कार्यक्रम।

    नेपाली समाजलाई सबैभन्दा छुने विषय – वैदेशिक रोजगारीको ठगी, विमानस्थल अध्यागमनको बेथिति अनि भ्रष्टाचारमा उनी आक्रामक भएर लागे। लाइभ अन्तर्वार्तामा झाँको झार्ने कामदेखि अलपत्र परेकाहरुको उद्दारसम्मका घटनाले नै उनलाई हिरो बनायो। समस्या समाधान हुने आशामा मान्छेहरुको भिड प्रहरी चौकीमा भन्दा बढी उनको अफिसमा देखिन थाले ।

    निराशा नै निराशा फैलिरहेको समाजमा रविको छवि ‘आशा’ जगाउने बन्दै गयो । त्यसैको प्रतिबिम्ब हो अहिले अनुसन्धानका लागि हिरासतमा मात्र राख्दा पनि उनलाई फँसाउन खोजियो भन्दै सडकमा उत्रिएको भिड । अन्ततः रवी र युवराजलाई अदालतले तारेखमा छाडेको छ । भलै मुद्दाको अन्तिम किनारा लाग्न बाँकी छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…