• काठमाडौं , ९ भदौ । अन्ततः चर्चित सञ्चारकर्मी रवि लामिछाने ५ लाख धरौटीमा रिहा भएका छन् । पूर्व सहकर्मी शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरीले दुरुत्साहनको अभियोग लगाएर प्रहरीले पक्राउ गरेको लामिछानेसहित टिभी जर्नलिष्ट युवराज कँडेललाई ३ लाख र अर्की आरोपी अस्मिता भन्ने रुकु कार्की पनि सामान्य तारेखमा रिहा भएका छन् ।

    गत साउन २० गते चितवनको कंगारु होटलमा मृत अवस्था फेला परेका पुडासैनीले आफ्नो आत्महत्यामा लामिछानेसहित कँडेल र कार्कीलाई दोषी देखाएका थिए । प्रहरी, सरकारी वकिल र चितवन जिल्ला अदालतसंगको वयान पछि आजै गरिएको थुनछेक वहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले न्यूज २४ का सीधाकुरा जनतासंग कार्यक्रमका सञ्चालक लामिछानेलाई ५ लाख धरौटीमा छाड्ने निर्णय गरेको हो ।

    यस्तै कँडेललाई ३ लाख धरौटीमा रिहा भएका छन् । तर लामिछानेलाई देश वाहिर जाँदा अदालतको अनुमति लिनु पर्ने आदेश दिएको छ । लामिछानेको रिहाईसंग उनका समर्थकहरुले सत्यको जित भएको भन्दै खुसियाली मनाउन थालेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…