• काठमाडाैं । प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको सम्पत्ति छानविन गर्ने भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, चितवनले अदालतमा पेश गरेको अनुसन्धान प्रतिवेदनमा प्रहरीले तीनै जनाको सम्पत्ति खोजी गरिरहेको उल्लेख छ ।

    अभियोग पत्रमा भनिएको छ, ‘प्रतिवादीहरुको बैंक खाता विवरण हालसम्म प्राप्त नभएकाले प्राप्त भएपछि पेश गरिने व्यवहोरा समेत अनुरोध छ ।’

    २० साउनमा चितवनको कंगारु होटलमा झुण्डिएको अवस्थामा भेटिएका पत्रकार पुडासैनीले मृत्युअघि खिचेको भिडियोमा ‘अवैध रुपमा करोडौं’ कमाएको भनिएको थियो ।

     

    त्यसैले प्रहरीले सम्पत्तिको खोजी गरेको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए । प्रहरीका अनुसार, लामिछानेको सम्पत्ति खोजी गर्ने क्रममा उनको बैंक खाता खोजिएको थियो तर, नम्बर प्राप्त नभएपछि राष्ट्र बैंकलाई पत्राचार गरिएको बताइएको छ ।
    सरकारी वकिलको कार्यालयले जिल्ला अदालत चितवनमा दर्ता गरेको अभियोगपत्रमा समेत प्रतिवादीहरुको बैंक खाता खोजविन गरिएको र प्राप्त भएपछि अदालतमा प्रस्तुत गर्ने उल्लेख गरिएको छ ।

    पत्रकार शालिकराम पुडासैनी लामिछाने प्रस्तोता रहेको ‘सिधा कुरा जनतासँग’का पूर्वसंवाददाता हुन् । हालै न्यूज २४ छाडेर उनी माउन्टेन टेलिभिजमा कार्यरत् थिए । प्रकरणमा लामिछानेसहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता भनिने रुकु कार्कीविरुद्ध आत्महत्यामा दुरुत्साहनको मुद्दा दर्ता भएको छ । अहिले मुद्दामा थुनछेक बहस जारी छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…