• काठमाडौ । अहिले सामाजिक सञ्जालमा चर्चित सञ्चारकर्मी रवि लामिछाने रिहा भएको खुशी भन्दा पनि सर्वसाधारणहरुका फरक खालको हर्ष देख्नमा आएको छ । वर्षौ देखि जनताको मन जित्दै आएको नेपाललको न्यायलयले सकारात्मक फैसला सुनाएको छ । सम्पुर्ण किसिमबाट हार खाएका जनता न्यायका लागि लडाई लड्दै थिए । रवि मात्रै थिएनन्, युवराज कँडेल, अस्मिता कार्की पनि यो भिडमा थिए । अहिले सामाजिक सञ्जालमा उनको समर्थनमा जुटेकाहरुको पक्षमा फैसला गर्नुभएका श्रीमान हेमन्त रावल, हजुरको सम्मानका लागि कुनै शब्द म सँग छैन भन्दै रवि समर्थकहरुले जिल्ला न्यायधीश रावलको तारिफ सुरु गरेका छन् । देशमा न्याय मरेको छैन, भन्ने यो गत्तिलो उदाहारण हो भन्दै सेयर भइरहेका छन् । कतिपयले त के सम्म भनेका छन् भने, देशको सिंगो सरकार, प्रशासन सबैले ५ वर्ष जेल हाल्ने गरि तयारी थालेका थिए । सिधा कुरा जनतासँग कार्यक्रम बन्द गराउनेसम्मको तयारी थियो तर अब त्यो सम्भव नहुने भयो ।

    आज पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पनि ५ लाख तारेखमा धरौटीमा रिहा गर्न आदेश दिएको हो । सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए ।
    २० साउनमा चितवनको कंगारु होटलमा मृत फेला परेका पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा रविसहित युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्कीको कारण आत्मह,त्या गर्न बाध्य भएको पाइएपछि उनीहरु ३० साउनमा काठमाडौंबाट पक्राउ परेका थिए । यस्तै युवराज कँडेल ३ लाख र अस्मिता कार्की साधारण तारेखमा रिहा भएका छन् । त्यसपछि जिल्ला प्रहरी कार्यालय चितवनले १० दिनको म्याद थपेर अनुसन्धान गरेको थियो । प्रहरी अनुसन्धानको आधारमा सरकारी वकिलको कार्यालयलाई पेश गरेको फाइलको आधारमा जिल्ला अदालत चितवनमा अभियोगपत्र दायर भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…