• पत्रकार शालिकराम पुडासैनीको प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहित तीनै जना रिहा भएका छन् । जिल्ला अदालत चितवनले आज लामिछानेलाई रु पाँच लाख, युवराज कँडेललाई रु तीन लाख र अस्मिता भनिने ‘रुकु कार्की’लाई साधारण तारेखमा रिहा गरेको हो । अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले उक्त निर्णय गरेको अदालतका स्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार लामिछाने र कँडेलसँग नगद, जेथा जमानत वा बिना सर्तको बैंक ग्यारेन्टी माग गरिएको छ । कार्कीलाई भने साधारण तारेखमा रिहा गरिएको उहाँले जानकारी दिनुभयो । उनीहरु नगद धरौटी जम्मा गरी रिहा भएका छन् ।

    उहाँका अनुसार लामिछाने र कँडेललाई मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को दफा ६८ बमोजिम धरौटी माग गरिएको र कार्कीलाई दफा ६९ बमोजिम साधारण तारेखमा राख्ने आदेश दिइएको छ । तत्काल प्राप्त प्रमाणका आधारमा आदेश गरिएको उल्लेख छ । पछि साक्षी र बकपत्रका आधारमा कानूनबमोजिम फैसला हुने गिरीले जानकारी दिनुभयो । आदेशको पूरक खण्डमा लामिछाने र कँडेलले सञ्चालन गर्दै आएको २४ टेलिभिजनको ‘जनतासँग सिधा कुरा कार्यक्रम’ मुद्दासँग सम्बन्धित भएकाले मुद्दाको टुङ्गो नलागेसम्म प्रस्तुत मुद्दाका विषय वस्तुलाई समावेश गरेर कुनै कार्यक्रम गर्न रोक लगाइएको छ ।

    आदेशमा भनिएको छ, ‘अनुसन्धानमा संलग्न प्रहरी, अभियोजनकर्ता सरकारी वकिल, पीडित परिवार, मुद्दाका पक्ष, सम्बन्धित साक्षी, मौकामा बुझिएका अन्य व्यक्तिहरु, प्रमाणका रुपमा वैज्ञानिक परीक्षणमा संलग्न विशेषज्ञ चिकित्सक, अदालत र समग्र न्यायिक प्रक्रियाका बारेमा कुनै पनि विषयवस्तु सङ्कलन गरी मुद्दाको विश्वसनीयतामा असर पु¥याउने उद्देश्यले अदालतभन्दा बाहिर कुनै पनि सार्वजनिक कार्यक्रम गर्ने, टेलिभिजन कार्यक्रम प्रसारण गर्ने, लाइभ, ट्विटर, युट्युब, सामाजिक सञ्जाल एवं अन्य सार्वजनिक सञ्चारमाध्यममा विचार वा प्रतिक्रिया स्वदेश वा विदेशमा व्यक्त गर्न पाइने छैन ।’

    त्यसैगरी औषधोपचारका लागि विदेश जानु परेमा अदालतको लिखित रुपमा पूर्वअनुमति लिएर मात्रै जान पाउने लामिछाने र कँडेललाई आदेश भनेको छ । आज लामिछाने र कँडेलको बयानपछि वादी र प्रतिवादीका तर्फबाट कानून व्यवसायीले बहस गर्नुभएको थियो । कार्कीको आइतबार नै बयान लिइएको थियो ।

    मुलुकी अपराधसंहिताअनुसार आत्महत्या दुरुत्साहनको कसुरमा उनीहरुविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको हो । मुद्दा प्रमाणित भए पाँच वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना हुनसक्ने कानूनी व्यवस्था छ ।गत साउन २० गते नारायणगढको कङ्गारु होटेलमा पुडासैनीको भेटिएको थियो । पुडासैनीको मोबाइलमा मृ त्युअघिको भिडियोमा मर्नाको कारण तीन जना व्यक्ति रहेको आरोप लगाएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरी आ त्मह त्या दुरुत्साहन कसुरमा मुद्दा दर्ता गरेको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…