• बाहुण्डाँगी । पथरी जेसीजका संस्थापक अध्यक्ष जेसी अशोक शंकर र काभ्रे जेसीजका २०१५ का अध्यक्ष सिनेटर विकास मानन्धरले नेपाल जेसीजको २०२० का लागि राष्ट्रिय अध्यक्षमा उम्मेदवारी घोषणा गर्नु भएको छ ।
    नेपाल जेसीजको हेटौँडामा सम्पन्न क्षेत्र ख को क्षेत्रीय सम्मेलनमा शंकर र मानन्धरले अध्यक्षका लागि आफ्नो उम्मेदवारीको प्रमोशनसहित घोषणा गर्नु भएको हो ।
    २०१० मा स्थापना भएको पथरी जेसीजका संस्थापक अध्यक्ष शंकर २०१४ मा राष्टिय उपाध्यक्ष तथा २०१८ मा राष्टिय कार्यकारीणी उपाध्यक्षमा रहेर नेपाल जेसीजको जिम्मेवारीलाई पुरा गरिसक्नु भएको छ । शालिन, भद्र र जेसीज अभियानमा निरन्तर क्रियाशील शंकर अन्तराष्टिय जेसीजको समेत राम्रो अनुभव संगाल्नु भएको छ । २०१८ मा एरिया डि को निरुपित कार्यकारीणी उपाध्यक्षमा रहेर कुशल नेतृत्व गर्नु भएको थियो ।
    यसैगरी काभ्रे जेसीज २०१५ का शाखा अध्यक्ष मानन्धर २०१६ मा आइटी चेयरमेन, २०१७ मा उपाध्यक्ष, २०१८ मा कार्यकारीणी उपाध्यक्ष र २०१९ मा अध्यक्ष सल्लाहकारमा रहेर काम गर्नु भएको छ । लामो समयदेखि जेसीज अभियानमा क्रियाशील मानन्धर २०१८ मा एरिया ए को निरुपित कार्यकारीणी उपाध्यक्षमा रहेर काम गर्नु भएको थियो ।
    चुनाव आउन करिब ४ महिना बाँकी रहँदा नयाँ नेतृत्वका लागि उम्मेदवारी घोषणासहित अभियान सुरु भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…