•  

    काठमाडौं : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अभियुक्त करार भएका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेले अदालतबाट आएको आदेशमा आफ्नो असहमति रहेको बताएका छन्। उनले अदालतको आदेशको विश्वसनीयतामा प्रश्न उठाएका हुन्। सोमबार राति अदालतमा ५ लाख रूपैयाँ धरौटी बुझाएर रिहा भएका लामिछानेले अदालतको आदेशमा आफ्नो असहमति रहेको उल्ल्लेख गरे। त्यसको उपचार कानुनी बाटोबाटै गर्ने अभियुक्त लामिछानेले बताएका छन्। आफ्नी श्रीमती निकिता पौडेलको सामाजिक संजाल फेसबुक अकाउन्टबाट लाइभमा आएर लामिछानले भने, ‘सम्मानित अदालतले गरको निर्णयमा हाम्रो केही ‘रिजर्भेसन’ छ। त्यसको उपचार पनि अदालतबाटै गर्नेछौँ। हामी कानुन व्यवसायीसँग छलफल गर्ने नै छौँ।

    ‘ चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलले रवि लामिछानेलाई पाँच लाख, युवराज कँडेललाई तीन लाख र अस्मिता कार्कीलाई साधारण तारेखमा छोडेको थियो। हेर्नुहोस् भिडियोः रवि र युवराजलाई उक्त मुद्दाको अन्तिम किनारा नलागेसम्म मुद्दासँग सम्बन्धित विषयमा सामाजिक संजाल फेसबुक, ट्विटर, युट्युबलगायतका माध्यम र टिभीबाट कुनै पनि अभिव्यक्ति नदिन आदेश दिएको थियो। तर, रविले अदालतबाट बाहिरिएको एकछिनमै अदालतको आदेशमा आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्। रविले आफूहरूलाई विदेश जानुपहिले अनुमति लिन भनेको बताएका छन्। उनले आफ्नो लागि सहयोग गर्ने, आफ्नो पक्षमा आन्दोलन गर्ने सबैलाई धन्यवाद दिएका छन्।

    उनले घाइते भएकाहरूलाई पनि शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। आफ्नो पक्षमा सडकमा आउने व्यक्तिहरूलाई धन्यवाद दिन भनेर उनी चितवनमै बसेका छन्। आजै चितवनमा नगर परिक्रमा गर्ने कार्यक्रम रहे पनि सम्भव नभएको रविको भनाइ थियो। उनले भोलि चितवनमा धन्यवादसभा गर्ने घोषणा गरेका छन्। अर्का पत्रकार युवराजले भने आफू अदालतको विषयमा केही पनि नबोल्ने बताए। उनले आफू नियमित काममा खट्ने प्रष्ट पारेका थिए। अदालतको फैसलाले भने अदालत, प्रहरी, अनुसन्धानमा संलग्न अधिकारीलगायत सम्बद्ध कुनै पनि निकाय वा व्यक्तिका बारेमा केही नबोल्न आदेश दिएको छ।

    फैसलामा के भनेको छ पढ्नुहोस्ः

     

    https://www.youtube.com/watch?v=jOxZjGQocTc&t=14s

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…