• तिनै १६ वर्षीया बालिकाले आफूलाई मोरङ पथरी घर भएका १९ वर्षीय विकेश खड्काले पनि पटकपटक बलात्कार बताएकी छन्। खड्कालाई पनि प्रहरीले पक्राउ गरिसकेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मिश्रले जानकारी दिए।

    मोरङ : बहिनी बलात्कार गरेको आरोपमा १६ वर्षीय दाजु पक्राउ परेका छन्। त्यस्तै दिदी बलात्कारको आरोपमा १३ वर्षीय भाइ पनि पक्राउ परेका छन्।

    घरमा कोही नभएका बेला ‘बाबा ममी र छोराछोरी खेल’ खेल्ने भन्दै १६ वर्षीया दिदी र ८ वर्षीया आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा दुबै जनालाई आइतबार ललितपुर प्रहरीले पक्राउ गरेको छ।

    यतिमात्र होइन, यिनै दुई बालिकालाई बलात्कार गरेको आरोपमा अन्य दुईजनालाई समेत पनि प्रहरीले पक्राउ गरेको हो। जेठ २९ गते भारतीय नागरिक ३५ वर्षीय सञ्जय मण्डलले पीडित मध्ये एक बालिकालाई कोठामा बोलाएर बलात्कार गरेपछि यो घटना बाहिरिएको थियो।

    मण्डललाई पक्राउ परेपछि प्रहरीले पीडित बालिकासँग सोधपुछ गरेको थियो। पीडित बालिकाले आफूहरुलाई आफ्नै दाइ र भाइले पनि बलात्कार गरेको खुलासा गरेकी गरिन्। त्यसपछि प्रहरीले उनीलाई दाइ र भाइलाई समेत पक्राउ गरेको हो।

    तिनै १६ वर्षीया बालिकाले आफूलाई मोरङ पथरी घर भएका १९ वर्षीय विकेश खड्काले पनि पटकपटक बलात्कार बताएकी छन्। खड्कालाई पनि प्रहरीले पक्राउ गरिसकेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मिश्रले जानकारी दिए।

    सातदोबाटो वृत्तमा आइतबार चारैजनाविरुद्ध जाहेरी परेको छ। आरोपी खड्काले दुबै बालिकालाई टीभी हेर्ने बहानामा कोठामा लगेर जबरजस्ती करणी गरेको ललितपुर प्रहरीसमक्ष पीडितले दिएको जाहेरीमा उल्लेख छ।

    ‘आठ वर्षीयालाई ३० रुपैयाँ र १६ वर्षीयालाई ५० रुपैयाँ दिएर फकाएको रहेछ’, महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मिश्रले भने,‘कसैलाई नभन्नु भनेर त्रास पनि देखाएको रहेछ।’

    प्रहरीका अनुसार पैसा दिने भन्दै प्रलोभनमा पारेर बलात्कार गरेको बताए पनि यस विषयमा बालिका खुलेर बोल्न सकेकी छैनन्। बलात्कारमा संलग्न पीडितका दाइभाइलाई बाल हिरासतमा राखेर अनुसन्धान गरिने मिश्रले बताए। उनीहरुलाई हाडनाता करणीको मुद्दा चलाउने प्रयोजनका लागि छानबिन सुरु भएको छ।

    उमेर पुगेका मण्डल र खड्काको हकमा भने जबरजस्ती करणी अन्तर्गत मुद्दा चलाइने मिश्रले जानकारी दिए। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…