• चितवन । सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलले प्रहरीकाे नियन्त्रणमा रहेको समयमा शुभेच्छा व्यक्त गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नु भएको छ ।

    रिहा भएपछि मंगलबार बिहान चितवनमा पत्रकार सम्मेलनको आयोजना गर्दै दुवै सञ्चारकर्मीले सहयोग तथा शुभेच्छा व्यक्त गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नु भएको हाे ।

    जनताको विषयमा कुरा उठाउने काममा कुनै कमी नहुने दुवै सञ्चारकर्मीले प्रतिबद्धता समेत जाहेर गर्नुभएकाे छ ।

    सिधाकुरा जनतासँग कार्यक्रमका सञ्चालक लामिछानेले आफूले गर्ने कार्यक्रम राजनीतिक नभई सर्वसाधारण जनताका पीडा-मर्मका विषयमा भएको भन्दै राजनीतिसँग जोडेर नहेर्न आग्रह समेत गर्नुभयो ।

    साउन ३० गते दुवै सञ्चारकर्मीलाई न्युज ट्वान्टी २४ काे पानीपोखरीस्थित कार्यालयबाट पक्राउ गरिएको थियो । साउन २० मा चितवनको कंगारु होटलमा मृत अवस्थामा भेटिएका न्युज २४ कै पूर्व सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन सम्बन्धमा छानविनका लागि नियन्त्रणमा लिइएको थियो ।

    जिल्ला अदातल चितवनको आदेशअनुसारको धरौटी बुझाएर गए राति उहाँहरु रिहा हुनु भएको छ । संचारकर्मी शालिकराम पुडासैनी मृत्यु प्रकरण सम्बन्धी दुरुत्साहन मुद्दामा हिजो जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले लामिछाने र कडेललाई क्रमशः पाँच र तीन लाख रुपैया धरौटी बुझाउने आदेश दिनु भएको थियो । त्यसैगरी अस्मिता भनिने रुकु कार्कीलाई सामान्य तारेखमा छाड्ने अदालतले आदेश दिएको थियो ।

    रिहा गरेपछि प्रतिक्रया व्यक्त गर्दै संचारकर्मी लामिछानेले अदालत प्रति आफूलाई विश्वास भएको बताउनु भएको थियाे ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…