• ¨
    मंगलबारको दिन कस्ता कस्ता कामहरू गर्न हुदैन ? यहाँ शास्त्रअनुसार मंगलबारको दिन गर्न नहुने काम तल उल्लेख छ । सोमबार, बुधवार र शुक्रवारलाई सोम्यबारको श्रेणीमा राखिएको छ भने आइतबार र बिहीबारलाई कडाबारको श्रेणीमा राखिएको छ ।

    मंगलबार तथा शनिबार क्रुर अर्थात पापी बारको श्रेणीमा पर्छन् । मंगलबारलाई अत्याधिक क्रुरबार मान्दै शास्त्रमा यसलाई शरीरमा रक्त सञ्चार गराउने धमनीसँग सम्बन्धित मानिएको छ । मानिसको शरीरमा हुने रातो पदार्थ मंगलसँग सम्बन्धित मानिन्छ ।

    कालपुरुष सिद्दान्त अनुसार प्राणीको हाड र रक्त तथा मज्जा मंगलसँग सम्बन्धित छ । मंगललाई सबै ग्रह मध्ये क्रुर र रक्तपातको ग्रह मानिएको छ । मंगलको रातो रंग मृत्यु वा रगत सँग हुन्छ । धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ ।

    मंगलबारको दिन गर्न नहुने ५ काम

    १- मंगलबारको दिनमा पशु बलि दिनु अत्यन्तै खराव मानिन्छ । यसले सन्तानमा नकारात्मक प्रभाव पर्ने हुन्छ ।

    २- मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने मानिन्छ ।

    ३- मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ । मंगलबार मासु पनि सेवन गर्नु हुँदैन । मासु खाँदा कुटुम्बको क्षय हुन्छ ।

    ४- मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँको क्रोधमा वृद्धी हुन्छ । यसले अपराध समेत बढाउँछ ।

    ५- मंगलबार झगडा गर्दा बेइज्जत हुने खतरा हुन्छ ।

    भगवान विष्णुलाई सृष्टिको पालनहार हुन्।जबजब धर्तीमा पाप र अत्याचार बढ्दै गयो विष्णु भगवानले विभिन्न अवतारमा प्रकट भएर पापीहरुको नस्ट गरे धर्मको र धर्मात्माको रक्षा गरे।

    विष्णु मात्र एक यस्ता भगवान हुन् जसले धर्मात्माको रक्षा, दुष्टको विनाश र धर्म पुनस्थापनाको लागी बिभिन्न युगमा अलग-अलग अवतार लिए। विष्णुले जम्मा चौवीस अवतार लिएका थिए। ति मध्ये दश अवतार विशेष छन्। ति दश अवतार हुन्- मत्स्य,कूर्म,वराह,नृसिंह,वामन,परशुराम,राम,कृष्ण,बुद्ध,कल्की।

    विष्णुको पहिलो अवतार मत्स्य अवतार हो भने अन्तिम अवतार कल्की अवतार हो। कल्की अवतार कलियुगको अन्तिममा हुनेछ।

    विष्णुका अन्य अवतारको बारेमा त सबैलाई थाहै भएको कुरा हो। तर कल्कि अवतारको बारेमा भने यस्तो लेखिएको छ- कल्की निष्कलंकर परम दिव्य हुनेछन्। कल्की सेतो घोडामा सवार हुनेछन् र कल्कीको रंग गोरो हुनेछ तर रिसमा उनी काला पनि देखिन सक्नेछन्।कल्किको वस्त्र पहेंलो हुनेछ,उनको ह्रदयमा श्रीवत्सका चिन्ह अंकित र गलामा कस्तुप मणि रहनेछ। युद्धको समयमा कल्किको हातमा दुईवटा तरवार हुनेछ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…