•  

    काठमाडौं – शालिकराम पुडासैनी प्रकरणले राजधानीको टोखामा एकजना वृद्धले ‘हृदयघात’बाट ज्यान गुमाउन परेको छ ।

    चितवनको कंगारु होटलमा मृत भेटिएका माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले प्रेमिकासँग भेट्न छुट्टै कोठा भाडामा लिएको घरमा बस्दै आएका तारानाथ अधिकारीको सोमबार साँझ हृदयघातका कारण निधन भएको हो ।

    लगातार खानतलासीका लागि प्रहरी आउन थालेपछि छोरी गोमा न्यौपानेको घरमा बस्दै आएका ९० वर्षीय अधिकारीलाई हृदयघात भएको परिवारजनले बताएका छन् । सोमबार साँझ हृदयघात भएलगत्तै उनको मृत्यु भएको थियो ।

    ९० वर्षको उमेरमा पनि स्वस्थ रहेका अधिकारी तारन्तार खानतलासीका लागि प्रहरी घरमा आउन थालेयता तनाबमा परेका पारिवारिक श्रोतले बताएको छ ।

    पुडासैनीले उक्त घरमा प्रेमिकालाई भेट्न कोठा बहालमा लिएका थिए । घरधनीका अनुसार प्राय जसो शनिबारका दिन प्रेमिका लिएर पुडासैनी उक्त कोठामा पुग्ने गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…