• चितवन । पत्रकार सालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन अभियोगमा पक्राउ परी धरौटीमा रिहा भएका टिभि प्रस्तोता रवि लामिछाने र युवराज कडेलले मंगलबार बिहान पत्रकार सम्मेलन गरेका छन् ।

    उनले आज मंगलबार दिउँसो २ : 00 बजे नारायणी किनारामा कार्यक्रम गर्दै सबै समर्थकलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रम रहेको जानकारी दिएकाछन् ।

    आफ्नो रिहाईका लागि गरिएका प्रयासका लागि सबैलाई धन्यवाद दिएका छन् । उनले सकेसम्म सबैलाई भेटेर नै धन्यबाद पनि बताएका छन् ।

    उनले न्यूज २४ बाट प्रसारित हुने कार्यक्रम ‘सीधा कुरा जनतासंग’ आगामी शनिबार (भदौ १४ गते) बाट निरन्तरता दिने बताएका छन् ।

    चितवनस्थित ग्लोबल होटलमा गरिएको कार्यक्रमा लामिछानेले हिरासतमा रहँदा आफूलाई थप उर्जा मिलेको , जनतासंग सिधा कुरा कार्यक्रम थप सशक्त बनाएर लैजाने बताएका छन् ।

    उनले पत्रकार सम्मेलनमा भने, ‘म त्यो दिन स्टुडियो जान पाएको भए मैले प्रमाणित गर्थें । अब सम्मानित अदालतले मलाई यो मुद्दाबारे केही नबोल्न भनेको छ ।

    यो मुद्दाको अन्तिम किनारा नलागेसम्म नबोल्नु भनेकाले मैले बोल्नुहुँदैन ।’

    उनले यो घटनालाई लिएर जति पनि पक्राउ परका छन् उनीहरुको तत्काल रिहाइका लागि माग गर्ने पनि बताएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…