• चितवन / टेलिभिजन प्रस्तोता रवि लामिछानेले सिधा कुरा जनतासँग कार्यक्रम मार्फत भ्र*ष्टाचार, बेथिति र विसं*गतीविरद्ध अझै बलियो भएर प्रस्तुत हुने बताएका छन् । नारायणी नदी किनारमा आयोजित धन्यवाद सभामा उनले अदालतको आदेशको पूर्णसम्मान गर्दै अघि बढ्ने बताए । उनले आगामी शनिबारदेखि ‘सिधा कुरा जनतासँग’ कार्यक्रमले निरन्तरता पाउने बताए ।आफूलाई अदालतले एउटा मुद्दामा मात्रै नबोल्न आदेश दिएको बताउँदै लामिछानेले अरु लाखौँ मु*द्दामा जनताको आवाज बनेर प्रस्तुत हुने बताए ।



    तस्बिर / विशाल पोख्रेल

    ‘मलाई अदालतले एउटा मु*द्दामा नबोल्न भनेको छ तर देशमा बोल्नुपर्ने लाखौँ मु*द्दा छन् म ति मु*द्दामार्फत जनताको आवाज बुलंद पार्नुेछ’, लामिछानेले भने । उनले जनताको अपार माया पाएको आफूलाई सुरक्षा चुनौती छ भन्ने महसुस नभएको बताए ।



    ‘धेरैले मलाई सुरक्षा चुनौती छ भनिरहेका छन् तर मलाई त्यस्तो लाग्दैन, मसँग जनताको माया छ, यो मायाले मलाई मार्छु भनेर आउनेहरु बाटोमै दुर्घटनामा पर्नेछन्’ रविले भने।

    तस्बिर / विशाल पोख्रेल

    उनले भ्र*ष्टाचारी र जनताका केही शोषकहरु वि*षालु सर्प बनेर आफ्नाविरुद्ध लागिरहेको बताए । ‘वि*षालु सर्पलाई प्र*हार गर्ने थुप्रै विकल्प हामीसँग छन् तर सर्पसँग ठुग्ने बाहेक अर्को विकल्प हुँदैन, त्यस्ता धेरै सर्पहरु देशमा छन् अझै बलियो भएर हाम्रो टिम आउँदैछ’, रविले भने ‘ भ्र*ष्टाचार विरोधी सामग्री प्रसारण भयो भने भनेर ति सर्पहरुले झर्को नमान्नुहोला ।’


सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…