• बाहुण्डाँगी । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर पर्यटन वर्ष २०२० को मुल कमिटिको कार्यकारीणी सदस्य पदमा मनोनित हुनु भएको छ ।
    पर्यटन बोर्ड तथा नेपाल सरकारले सिनेटर पौडेललाई मुल कमिटिको कार्यकारीणी सदस्य पदमा मनोनित गरेको हो ।
    नेपाल सरकारले सन २०२० लाई पर्यटन वर्षका रुपमा मनाउने तयारी गरिरहेको छ । सोही वर्षलाई सफल बनाउन नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर पौडेललाई सदस्यमा मनोनित गरेको हो । जेसीज अन्तराष्ट्रिय संस्था हो । जसमा जेसीजका माध्यमबाट अन्तराष्ट्रिय जेसीज युवाहरुलाई समेत नेपाल भित्र्याउन महत्वपूर्ण माध्यम नेपाल जेसीज बन्नेछ । राष्ट्रिय अध्यक्ष पौडेललाई कार्यकारीणी सदस्य पदमा मनोनित गरेपछि यतिबेला जेसीज युवाहरुले गर्वको महसुस गर्दै सिनेटर पौडेललाई बधाई तथा शुभकामना दिइरहेका छन् । ‘हामी जेसीज युवाहरुका लागि ठूलो सफलता र गर्वको विषय हो’ वर्ष २०१७ का राष्ट्रिय अध्यक्ष सिनेटर प्रकाशप्रसाद अधिकारीले भन्नु भयो–‘नेपाल सरकारले जेसीज युवाहरुको माध्यमबाट पर्यटन वर्ष सफल बनाउन सहयोग पुग्छ भन्ने विश्वासका साथ हामीलाई सम्झेको छ । यो हामी आम जेसीज युवाहरुको सफलता हो ।’ देशका जेसीज युवाहरुले सामाजिक सञ्जाल मार्फत अध्यक्ष पौडेललाई बधाई तथा शुभकामना दिइरहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…