• काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध सामुदायिक मोर्चा किराती राष्ट्रिय मुक्ति मोर्चाले प्रदेश १ नाम किरात राख्न दबाब मुलक कार्यक्रम गर्ने भएको छ ।

    मोर्चा केन्द्रीय पदाधिकारीको बैठक पार्टी कार्यालय कोटेश्वर पेरिषडाँडामा बसेको बैठकले १ नम्बर प्रदेशको नाम किरात राख्न क्रियाशीलहुने निर्णय गरेको हो । प्रदेश संसदमा दवाव दिने उदेश्यले भेटघाट, अन्तरक्रिया, सांस्कृतिक तथा सभाहरु गर्ने निर्णय भएको मोर्चाको अध्यक्ष राजन किराती (बासु)ले बताए ।
    मोर्चाले यस अघि पनि नेकपा अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यमा बृहत अन्तरक्रिया गर्नुको साथै प्रदेश प्रमुख गोविन्द लिम्बू, मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदिपकुमार भण्डारी, प्रतिपक्ष दलका नेता र सांसदहरुलाई ज्ञापनपत्र बुझाएको थियो ।

    प्रदेशको नाम किरात राख्न छलफल तथा दवाव दिने उदेश्यले संविधान दिवसको अवसर पारेर अशोज ४ गते काठमाडौं र सुनसरीमा किरात सांस्कृतिक सभाको आयोजना गर्ने निर्णय भएको मोर्चाको महासचिव अर्जुन किरातीले बताए ।

    शनिबार (भाद्र ७) गते बसेको बैठकले उत्पीडित समुदायको आरक्षण लोक सेवा आयोगले कटौती गरेको प्रति भ्रत्सना गर्दै सामुदायिक अधिकार स्थापनाको हुने आन्दोलनमा मोर्चा सहभागि हुने निर्णय भएको उपाध्यक्ष प्रकाश बान्तावा राईले बताए ।

    दुई पार्टी एकतापछि किराती मोर्चाको भूमिका र संगठनको कार्यदिशा निर्धारण गर्न प्रतिवेदनसहित नाराको बारे समेत छलफल भएको थियो ।
    कार्यक्रमको प्रमुख अतिथि रहनु भएको पार्टी केन्द्रीय सदस्य तथा आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रीय संयोजक सुरेश आले मगरले पहिचानको संघर्ष अझै जारी रहेको बताए । उत्पीडित समुदायको अधिकार स्थापनाको लागि पार्टी भित्र अन्तर संघर्ष जारी रहेको बताए ।

    त्यसैगरी पार्टी केन्द्रीय सदस्य तथा मोर्चा इन्चार्ज शुरेस राई (हिमाल)ले पहिचानको आधारमा नाम राख्न दवावको साथै विकास र संमृद्धि लागि लाग्नुपर्ने बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…