• गाडीभन्दा महँगो पर्ने मोटरसाइकल नेपाली बजारमा आएको छ। ६१ लाख ९० हजार रुपैयाँ पर्ने मोटरसाइकलको विक्रीका लागि नाडा अटो सो २०१९ मा राखिएको छ।

    राजधानीमा मंगलबारदेखि सुरू भएको नाडा अटो सोमा ६१ लाख ९० हजार रुपैयाँ पर्ने मोटरसाइकल प्रदर्शनीमा राखिएको हो। यो इटालियन कम्पनी हार्ले डेभिडसनको मोटरसाइकल हो। उच्चतम प्रविधि र सुविधाका कारणले पनि हार्ले डेभिडसनको मोटरसाइकलको विश्वभरी चर्चा हुने गरेको छ।

    नौ सय ९८ सीसी क्षमता इन्जिन रहेको मोटरसाइकल इटालियन कम्पनी एमभी अगस्टाले उत्पादन गरेको चौथो पुस्ताको स्पोर्टी बाईक एफ–४ १००० मोडलको बाइक हो।

    एमभी अगस्टा बाइकको नेपालका लागि आधिकारिक विक्रेता गियर भेञ्चर प्रालिले बिक्रीका लागि नेपाल भित्र्याएको हो। सन् १९०७ मा स्थापना भएको इटालीको एभिएसन कम्पनी एमभी अस्टाले सन् १९४५ देखि सवारीसाधन उत्पादन गर्दै आएको छ।

    चार सिलिण्डर इन्जिन १९५ हर्स पावर भएको बाइकको ११० एनएम टक्र्यू क्षमता छ। त्यस्तै, बाइकको अधिकतम १३४०० आरपीएम क्षमता छ। टक्र्यू क्षमता १०.८ एनएममा ९६०० आरपीएम रहेको छ। यसको इन्जिन म्यानेजमेन्ट सिस्टम टक्र्यू कन्ट्रोलमा ४ वटा म्याप्स र ८ तहको इन्टरभेन्सन छ।

    यो मोटरसाइकलको तौल १९१ केजी छ भने इन्धन क्षमता १७ लिटरको छ। अटो सोमा यो मोटरसाइकल हेर्ने र मोटरसाइकलसँग फोटो खिचाउनेको भीड देखिन्छ।

    टाटाको अल न्यू एच–५ मोडल सार्वजनिक, ५६ लाख ५५ हजार मूल्य

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…