• काठमाडौँ, ११ भदौ । सरकार कहिले सम्म हो सडक यस्तो हरिविजोग ? आम नागरिक वाक्क दिक्क भएका छन् ।

    ओली सरकार नेतृत्वमा आएपछि एकाएक हौसिएका आम नागरिक पछिल्लो समय निरास जस्तै भएका छन् । उपत्यकाको सडक र सडक छेउ झल्लिएर रहेका तारले राजधानी कुरुप जस्तै भएको छ । बाह्र वर्षसम्म पनि उपत्यका सडक बिस्तार उस्तैको हालत छरपस्ट रहेको छ ।

    काठमाडौँ उपत्यकामा सडक विस्तारको काम २०६४ सालदेखि शुरु भए पनि अहिलेसम्म त्यसले पूर्णता पाउन सकेको छैन ।

    १२ वर्षमा उपत्यका सडक विस्तार आयोजनामा पाँचजना योजना प्रमुखहरु कार्यरत रहे पनि विस्तारको गाँठो अझै फुक्न नसकेको अवस्था छ ।

    २०६४ सालमा श्याम खरेल योजना प्रमुख हुँदा उपत्यका सडक विस्तारले गति लिएको थियो । खरेलको सरुवापछि योजना प्रमुख बनेर आएका प्रभात झा, मनोज श्रेष्ठ र दीपक के।सी।ले विस्तारप्रति खासै चासो नदेखाएको सरोकारवालाहरुले बताएका छन् ।

    हालका आयोजना प्रमुख अर्जुन अर्यालले काम गर्न चाहे पनि सर्वोच्च अदालतको फैसला स्थानीय पक्षमा स्टे अर्डर जारी भई जग्गाधनीहरुलाई क्षतिपूर्ति दिनुपर्ने कारणले काम गर्न चाहेर पनि ट्वाल्ल पर्न बाध्य भएका छन् । उपत्यका सडक विस्तारअन्तर्गत नौवटा सडकहरु पर्ने बताइएको छ ।

    जसमध्ये काठमाडौँका कलंकी–नागढुङ्गा, चाबहिल–जोरपाटी–साँखु र जोरपाटी–सुन्दरीजल रहेका छन् । त्यसैगर, भक्तपुरको पेप्सिकोला, सल्लाघारी र ललितपुरको इमाडोल लुभु–लामाटार, कर्मनाशा–हरिसिद्धि–गोदावरी, ढोलाहिटी–चापागाउँ–लेले, नख्खु–भैँसेपाटी–बुङ्गमती तथा लगनखेल–सातदोबाटो रहेको उपत्यका सडक विस्तार स्रोतले जानकारी दिएको छ ।

    यसमध्ये कलंकी–नागढुङ्गा र चाबहिल–जोरपाटी–साँखु सडक उपलब्ध चौडाइमा पिच गर्ने सहमतिअनुसार काम शुरु भएको समाचार स्रोतले बताएको छ ।

    कलंकी–नागढुङ्गा र चावहिल–जोरपाटी सडकको समस्या केही हदसम्म समाधान भए पनि ७० कि.मि. अन्य सडकहरु अलपत्रजस्तै रहेको सरोकारवालाहरुले बताएका छन् ।

    वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मेको मार खेप्न बाध्य बनेका उपत्यकाबासीहरुलाई हिलो र धुलोबाट मुक्त बनाउन ५० अर्ब बढी रुपियाँ लाग्ने काठमाडौँ उपत्यका विकास प्राधिकरण स्रोतले बताएको छ ।

    प्राधिकरणले निर्माणस्थलको ग्यारेन्टी गरेपछि मात्र उपत्यका सडक बिस्तारले ठेक्का लगाउने गर्दछ । उपत्यका सडक विस्तारमा नचाहेर पनि जान बाध्य बनेका योजना प्रमुख अर्यालले कसैको दबाब र धम्कीको भरमा काम नगर्ने भएकाले पीडितहरु दैनिक सडक विस्तारको कार्यालयमा आउने गर्दछन् ।

    अर्यालले पुल सेक्टर नं. १ बाट मदन भण्डारी पूर्वीखण्ड अथवा पुल सेक्टर नम्बर २ मा सरुवा हुन चाहेको खबर नयाँ बिमर्शमा उल्लेख छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…