• गोकर्ण विष्ट

    युवा उद्यमशीलताको अभियानमा सरकारको साथ छ। लामो समय युवा आन्दोलनमा मैले पनि भूमिका निर्वाह गरेको थिए। यसकारण पनि मैले युवाहरूको भावना बुझ्नुपर्दछ। बुझ्छु। युवासँग सम्भावना, जोश र जाँगर हुन्छ। युवाहरूसँग भएका यी कुरालाई नेपाली समाजको स्वस्थ विकास र देशको प्रगतिमा सही ढंगले उपयोग गर्न सकियो भने हामीले चाहेको नेपाल निर्माण हुन सक्दछ। यस हिसाबले पनि म युवाहरूको साथमा सदैव लागि नै रहेको छु। मानिसहरू विस्तारैविस्तारै आत्मकेन्द्रित बनिरहेका छन्। हरेक मानिसको सम्पूर्ण प्रयत्न आफू र आफ्नो स्वार्थ पूरा गर्नका लागि प्रयत्नशील भइरहेको अवस्थामा युवाहरूले एउटा नयाँ अभियान सुरु गरिरहनुभएको छ।

     

    हामी केवल आफ्ना लागि मात्र होइन हामी त्यस्तो समुदायका लागि बाँच्न जरुरी छ। जुन समुदाय आर्थिक, सामाजिक र सांस्कृतीक हिसाबले पछिपरेको छ। जुन समुदायलाई आर्थिक सामाजिक र सांस्कतिक हिसाबले उठाउन कहीँनकहीँ अरूको साथ चाहिन्छ। अरूको साहारा चाहिन्छ। आज यही प्रकारको आवश्यकतालाई पूरा गर्ने अभियानका साथले युवा उद्यमशिलतालाई सामाजिक उत्तरदायित्वलाई जोड्ने गरी नेपाल उद्यमशिलता र सामाजिक उत्तरदायित्व बीचको सन्तुलन कायम गर्ने गरी उद्यमशिलतालाई समाज प्रति थप जिम्मेवार र उत्तरादायी बनाउने गरी नयाँ शिराबाट नयाँ अभियान सुरु गर्दै हुनुहुन्छ। उद्यम केवल कम्पनी र व्यक्तिको नाफाको लागि मात्र होइन।

     

    उद्यम पछि परेको समुदाय र क्षेत्रलाई माथी उठाउने गरी र सहारा प्रदान गर्ने गरी परिवर्तन हुन जरूरी छ। आज यही उच्च अभिलाषाका साथ युवाहरू सामाजिक उत्तरदायीसहितको उद्मशीलताको अभियान बढी अर्थ पूर्णरहेको छ। सामान्यतया व्यापारीक भाषामा उद्यमशीलता भन्नेबितिक्कै व्यक्ती वा कम्पनीले मुनाफा कमाउने भन्ने बुझिन्‍छ। तर उद्यमशिलतालाई समाजको परोपकार र कल्याणको लागि समाजको उत्थानको लागि अगाडी बढ्न खोजिरहेको छ। यो अर्थपूर्ण छ। मानिसहरू समाजको दायित्वबाट उदासिन बनिरहेको दुनियाँमा नेपाली युवा समुदायले आफ्नो दायित्व सम्झेर अगाडी बढेको देख्दा खुशी छुँ। हरेक युवाहरूले सरकारको कामलाई सुझाव दिन जरूरी छ। यस्तै आफ्ना गुनासाहरू पनि सरकालाई सुनाइदिए सरकारले बनाउने योजनामा समस्या सम्बोधन हुने कुरामा विश्वस्त भए हुन्छ।

     

    युवाहरूले चलाएको अभियानमा मेरो र सरकार सहयोगका लागि कटिबद्ध छ। एक जना दनर्शनिक भन्नुहुन्थ्यो, 'पाकाहरूको अतित लामो हुन्छ। भविष्य छोटो। युवाहरूको भविष्य लामो हुन्छ। अतित छोटो। अतित सम्झनामा रहन्छ। भविष्य आशामा रहेको हुन्छ। हरेक युवाको आशा र विश्वास सरकारसँग जोडिएको छ। लामो समयसम्म युवाले देशका लागि समाजका लागि योगदान गर्न सक्दछ। यसका लागि उद्यमशीलताको माध्यमबाट समाजलाई बदल्नको लागि र हरेक पिछडिएको वर्गलाई अगाडि ल्याउनको लागि अभियान चलाउनु आफैमा सुखद पक्ष रहेको छ। कतिपय ठाउँमा शारिरिक रूपमा अस्वस्थ व्यक्तीलेः पनि शारीरिक रूपमा जे सम्भावना रहन्छ। आत्मनिर्भरका लागि अभियान चलाइरहेको विषयले मलाई झन धेरै खुशी लागेको छ। कतिपय शहर तथा ग्रामिणका अशक्त महिला हरूको लागि आत्मनिर्भर हुने हिसाबले उद्यमशिलता चलाइरहेको छ। सीमान्तकृत वर्गलाई उठाउने गरेर कामहरू भएका छन्।

     

    यो नेपालको लागि नयाँ अनुभव पनि हो। विगतमा व्यवसायको चर्चा गर्दा खुद नाफाका लागि मात्र संचालन हुने गर्दथे। विस्तारै जनताहरूमा सामाजिक उत्तरदायित्वको प्रश्नपनि उठ्न थालेको थियो। मुनाफालाई सामाजिक उत्तरदायित्वसँग जोड्ने खालमा सन्दर्भहरू पनि जोडिन थाले। सामाजिकम जिम्मेवारी पुरा गर्ने गरि उद्यमशिलता र समाजको अन्तरलाई खाडललाई पुर्ने गरि संस्थाहरू खुल्दै गएको छ। जसले जीवित बनाउँदै अन्य वर्ग र समुदायलाई समृद्ध बनाउने गर्दछन्। यसका पछाडि यी र यस्तै भावना र प्रयत्नहरू महत्वपूर्ण कार्य रहेका छन्। यस कार्यलाई सरकारले पूर्ण त समर्थन गर्दछ। नेपाल युवा संस्था सञ्‍जालमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको मन्तव्‍यको सम्पादित अंश

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…