• उर्लाबारी, ११ भदौ/मोरङको उर्लाबारी–९ स्थित दुर्गापुरीमा बुधबार ५० जना बृद्धबृद्धालाई निःशुल्क मोबाइल सेट बितरण गरिएको छ । त्रिकाल परिवार नामक संस्थाले एक कार्यक्रमका बीच बृद्धबृद्धाहरुलाई सम्मानस्वरुप मोबाइल सेट बितरण गरेको हो । परिवारका प्रतिनिधि नारायण बस्नेतको अध्यक्षता र स्थानीय युवा व्यवसायी हेमराज गुरुङको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा समाजसेवी सुन्दर श्रेष्ठ, अमृत आङबुहाङ, विजय आङबुहाङ, इन्द्र लामालगायतले बोलेका थिए ।


    हजुर बुवा तथा हजुर आमालाई सुचना र प्रविधिमा जोडौ भन्ने मुल नाराका साथ बुवाको मुख हेर्ने तथा तिजको अवसर पारेर वडा नं ८ र ९ का जेष्ठ नागरिक बिच सम्पर्क बढाउन तथा चिया पानको कार्यक्रम आयोजना गरिएको हो ।

    मोरङको उर्लाबारी–९ की बच्चुलाल थारुले १०२ बर्षको उमेरमा मोबाइल पाइन् । त्रिकाल परिवार उर्लाबारीले बुधबार विपन्न जेष्ठ नागरिकहरुमा सूचना तथा प्रविधिको पँहुज बढाउने उद्देश्यले मोबाइल वितरण कार्यक्रममा उपस्थित भई उनले मोबाइल लिइन् । १०२ बर्षको उमेरसम्म उनले कुनै मोबाइलको प्रयोग गरेकी थिइनन् । पहिलो पटक उनले मोबाइलसँगै सिम र रिचार्ज कार्डसमेत उनले पाइन् । उनले मोबाइल पाएपछि मन्द स्वरमा त्रिकाल परिवारका अध्यक्ष नारायण बस्नेतलाई बाबु धन्यवाद भनिन् ।

    उनले जेष्ठ नागरिक समाजको मार्गदशक भएको र सम्मान स्वरुप मोबाइल वितरण गरिएको जानकारी दिए । त्यस्तै, त्रिकाल परिवारका अध्यक्ष नारायण बस्नेतले जेष्ठ बुवा आमालाई प्रबिधि पँहुच पुगोस भनेर सहयोग गरिएको बताए । उनले आफूहरुले कुनै स्वार्थमा केन्द्रीत भएर सहयोग नगरेको प्रष्ट पारे । त्रिकाल परिवार निस्वार्थ रुपमा सामाजिक सेवा गर्ने उद्देश्यले खोलिएको उनले बताए । समाजमा भएका विकृत्ति विसंगतिविरुद्धमा नागरिक खबरदारीको काम समेत गर्ने उनको भनाई छ । सत्यको बाटोमा लागेर काम गर्ने उनले प्रतिबद्धता जाहेर गरे । समाजसेवी सुन्दर श्रेष्ठले निस्वार्थ सामाजिक सेवामा त्रिकाल परिवार लागेको भन्दै प्रशंसा गरे । समाज रुपान्तरणमा युवाहरु राजनीतिक स्वार्थभन्दा माथि उठेर लाग्नु पर्नेमा उनले जोड दिए ।  श्रेष्ठले परिवर्तनका लागि युवाहरु जुटेर अघि बढ्न सुझाव दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…