•  

    काठमाडौं । बा २ झ ४८६२ नम्बर भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको झण्डावाला गाडीमा ट्रफिक प्रहरीले ह्वील लक लगाएको छ ।

    पार्किङ निषेधित क्षेत्रमा जथाभावी पार्किङ गरेपछी मन्त्री रघुवीर महासेठ चढ्ने गरेको गाडीमा ट्राफिक प्रहरीले ह्वील लक गरेको हो ।

    यसरी बानेश्वर क्षेत्रमा जथाभावी पार्किङ गरेर राखेका सवारी साधानहरुमा प्रहरीले ह्वील लक लगाएको थियो । त्ययसक्रममा पार्किङ निषेधित गरिएको फुटपाथमा रोकिराखेको महासेठ चढ्ने गाडी पनि कारबाहीमा परेको हो ।

    तर उक्त गाडीमा भने मन्त्री महासेठ थिएनन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तका अनुसार पछि उक्त गाडीलाई एक हजार जरिवाना तिराएर छाडिएको छ ।

    उनका अनुसार चालक शिवराम थापाको लाइसेन्स लिएर एक हजार रुपैयाँ जरिवाना गराएर गाडी छोडिएको छ।

    उनले भने ‘पार्किङ निषेधित क्षेत्रमा भेटिएपछि प्रहरीले कारबाही गरेको हो ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…