भदौ १२, काठमाडौँ । मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ रहेको छ र पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रका कारण पूर्व र मध्य भूभागमा मौसमी गतिबिधि बढेको छ। तलको नक्शामा मनसुनी न्यून चापीय रेखाको औसत स्थान देखाइएको छ्र । हाल देशै भरि आंसिकदेखि सामान्य बदलिको स्थिति रहेको छ।
देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन/चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
भाद्र १२ गते (विहिबार)
दिउँसोः देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
रातीः देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ ।
भाद्र १३ गते (शुक्रबार)
दिउँसोः देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।
रातिः देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ्र साथै मध्य र पश्चिमका एक दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ ।
भाद्र १४ गते (शनिबार)
दिउँसोः देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
रातिः देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ ।