• भदौ १२, सिन्धुपाल्चोक । मंगलादेवी सिंहको स्मृति दिवस देशभर मनाईरहदाँ सिन्धुपाल्चोकमा भने केन्द्रीय सदस्यले नै कार्यक्रम भाँड्ने प्रयास गरेका छन् । नेपाल महिला संघले स्मृति दिवसमा गर्न लागेको कार्यक्रममा आफूलाई प्रमुख अतिथि नबनाएको भन्दै कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले कार्यक्रम नै भाँड्ने प्रयास गरेका हुन् ।

    मंगलबार मंगलादेवी सिंहको २३ औँ स्मृति दिवस मनाउन महिला संघ केन्द्रले ७७ जिल्लाकै महिला संघ जिल्ला शाखालाई निर्देशन गरेको थियो । त्यसैले महिला संघ जिल्ला शाखाले बाह्रबिसेमा ‘कांग्रेसमा महिलाको अवस्था र पहँच’ विषयक कार्यक्रम आयोजना गरेको अध्यक्ष गीता नेपालले बताईन् ।

    'महिला संघले स्मृति दिवसमा महिला नै प्रमुख अतिथि बनाएर लाने निर्णय गरेको थियो नेता बस्नेतलाई विषेश अतिथिका लागि भनेका थियौँ' अध्यक्ष नेपालले भनिन्, त्यसमा नै नेता बस्नेतको असन्तुष्टि भयो । महिला संघ महासचिव मञ्जु खाँडलाई स्मृति दिवसमा प्रमुख अतिथि बनाएको भन्दै बस्नेतले असन्तुष्टि जनाएका थिए ।

    उनले आफूलाई प्रमुख अतिथि नबनाएकोमा आक्रोश मात्रै पोखेनन् सोही दिन लामोसाँघुमा जनजागरण कार्यक्रम नै आयोजना गर्न क्षेत्रीय समितिलाई निर्देशन दिएका थिए । मंगलादेवी स्मृति दिवसकै दिन क्षेत्रीय समितिले जागरण कार्यक्रम गरी बस्नेतलाई प्रमुख अतिथि बनाएको थियो । कांग्रेसका एक जिल्ला नेताले भने, ‘महिला संघको कार्यक्रम भाँड्नको लागि नेता बस्नेतले कार्यक्रम गरेका थिए तर, उनले सोचेजस्तो भएन जागरुण कार्यक्रममा भन्दा महिला संघको कार्यक्रममा उत्साहजनक सहभागिता थियो ।’ बाह्रबिसेमा महिला संघले आयोजना गरेको कार्यक्रममा सहभागी नहुन बस्नेतले आफू र आफ्ना सहयोगीलाई परिचालन गरेका थिए ।

    महिला संघ जिल्ला सदस्य पाल्साङ लामाले आफूलाई नेता बस्नेतले कार्यक्रममा नजान भन्दै मूखसमेत छाडेको बताईन् । उनले भनिन्, ‘मलाई नेता बस्नेतले कार्यक्रममा गए राम्रो नहुने भन्दै धम्क्याएका थिए मैले पनि भनिदिए तपाईंले खानलाउन मलाई दिएको छ ?’ उनले सुनाईन् । नेता बस्नेतले अन्य महिलालाई पनि कार्यक्रममा नजान उर्दी गरेका थिए । एक महिलाले भनिन्, ‘बाह्रबिसेमा भएको कार्यक्रम कांग्रेस पार्टीको होईन अन्य पार्टीको हो भन्दै हामीलाई नजान भनेका थिए ।’

    महिला संघले गरेकोे कार्यक्रममा बोल्दै महिला संघ केन्द्रीय महासचिव मञ्जु खाँडले भनिन् यदि मंगलादेवी सिंहको स्मृतिमा आयोजित कार्यक्रम कांग्रेसको होईन कोहीले भन्छ भने त्यो कांग्रेस नै होईन्। उनले भनिन अब राणा शासन छैन गणतन्त्रमा शासक मालिक होईन दास बन्ने हो । केन्द्रीय सदस्यको यो असहयोगले आफू आश्चर्यचकित भएको महासचिव खाँडले बताईन् । जागरण कार्यक्रममा बोल्ने वक्ताहरुले पनि एउटै पार्टीको दुई कार्यक्रम गरेको भन्दै असन्तुष्टि जनाएका थिए ।

    पार्टीको आन्तरिक कलह बाहिर ल्याएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका हुन् । जिल्लामा केन्द्रीय सदस्य बस्ने, पार्टी सभापति विकास लामा, पूर्व सभापति भुपेन्द्रबहादुर थापाको छुट्टाछुट्टै गुट छ । नेता बस्नेत पार्टीमा केन्द्रीय सदस्य भईसकेका छन् तर पनि उनले अभिभावकत्व कहिले लिन सकेनन् । उनी सधैं सानो घेरामा रमाएको भन्ने जस्ता र्यकर्ताको आरोप छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…