• त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति तीर्थ खनीयाँले उपकाशको केही दिनअघि निजी मेडिकल कलेजहरुलाई फाइदा हुनेगरी विवादस्पद निर्णय गरेको भेटिएको छ ।

    निजी मेडिकल कलेज सञ्चालकहरुको प्रस्तावमा उनले त्रिवि प्राज्ञिक परिषद्को निर्णय भन्दै नेपालमा प्रवेश परीक्षा नै नलिई विदेशी विद्यार्थीलाई भर्ना गर्ने बाटो खोलेका छन् ।

    निर्णयबारे बैठकमा सहभागीहरुले फरक÷फरक प्रतिक्रिया दिएका छन् । निवर्तमान उपकुलपति खनीयाँ लगायतले बैठकमै निर्णय भएको बताए । हाल निमित्त उपकुलपति रहेकी रेक्टर सुधा त्रिपाठीले निर्णबारे आफूलाई थाहा नभएको र कार्यालयमा बुझ्नुपर्ने प्रतिक्रिया दिइएन ।

    यो निर्णय कार्यान्वयन भए मेडिकल कलेजहरुले हालकै अवस्थामा एक शैक्षिक सत्रमा ६० करोड रुपैयाँ अतिरिक्त आर्जन गर्छन् । यो समाचार कान्तिपुर दैनिमा कृष्ण ज्ञवाली सुदीप कैनीले लेखेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…