• अभिनेत्री सुरक्षा पन्त पछिल्लो समयको राम्रो अभिनय गर्ने नायिकामा पर्छिन । क्यारेक्टरमा डुबेर अभिनय गर्ने नायिका पन्तले आफ्नो छायांकनरत चलचित्र आमाका लागि आफ्नो कपालनै मुण्डन गरेकी छिन् ।

    फरक भूमिकामा काम गर्न रुचाउने उनले विवाहित महिलादेखि लभर गर्लको भूमिकासम्म निभाइसकेकी छन् र आफूलाई एकैखाले भूमिकामा सीमित राख्न चाहन्नन् । फिल्मको सिनमा कपाल मुण्डन गर्नु पर्ने भएपछी उनले आफ्नो कपालको माया मारेकी हुन् । राम्रो चलचित्र बनाउने प्रयास भएकाले आफ्नो तर्फबाट कुनै कम्प्रमाइज गर्न नचाहेको उनी बताउँछिन् ।चलचित्रबाट उनी निकै आशावादी छिन् । निर्देशक दिपेन्द्र के खनालको यो ड्रिम प्रोजेक्ट भनिएको छ । ‘पशुपति प्रसाद’ पछि दर्शकले अर्को मनछुने कथामा ‘आमा’ हेर्न पाउने उनको दाबी छ । उनले पहिलो पटक कपाल मुण्डन गरेकी हुन् । कथाको माग अनुसार कपाल काटेको उनको भनाई छ ।

    सिन्धुलीको गल्कोटमा केही सिन खिचेर फर्किएको निर्माण टिम काठमाडौँको झरीको पर्खाइमा छ । दर्के झरी नपर्दा यो फिल्मको छायांकन नियमित रुपमा हुन सकेको छैन । दैनिक कलाकार र प्राविधिकसहित पानी कुरेर बस्ने र पानी नपर्दा फिल्मको बजेट निकै बढेको निर्देशक खनालले बताए ।

    फाल्गुन ९ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्रलाई शर्मिला पाण्डेको निर्माण रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…