• रातोकम सम्बादाता
    २०७६ भाद्र १३ शुक्रवार

    प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । यस वर्षको भाद्र कृष्ण औंसी सुक्रवार परेकाले बिहान उठेर नबोलीकन स्नान गरेमा एक हजार गाई दान गरेबराबरको फल पाइने धार्मिक विस्वास छ।

    ‘कुशे औंसी पर्व पनि यस दिनपर्ने भएकाले आज शुक्रवार परेकाले आज उखेलिएको वा काटिएका कुश १२ वर्षसम्म प्रयोग गर्न मिल्ने कथन लोक व्यवहारमा चल्दै आएको छ। यसैगरी, आज दिवंगत पितालाई तर्पण, सिदा दान र श्राद्ध गरेर एवम् जीवित पिताप्रति आदर सम्मानका साथ मीठो खान तथा राम्रो लगाउन दिई बाबुको मुख हेर्ने पर्व मनाइन्छ ।

    मृत पिताका नाममा उपत्यकाको उत्तर–पूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ। गोकर्णेश्वर उत्तरगया, बेत्रावती उत्तरगयालगायत पवित्र स्थलमा गई पितृप्रति सम्मानका साथ श्राद्ध गर्दा घर, मामाघर र ससुरालीतर्फका तीन–तीन पुस्ताका पितृले मोक्ष पाउने धार्मिक विश्वास छ ।

     

    गोकर्णेश्वर मेलाकै अवसरमा माकलवारी टोल सुधार समितिले विविभिन्न कार्यक्रमहरु संचालन गरेको छ ।

    नि:शुल्क सुगर तथा प्रेसर जांच शुद्द पिउने पानि, जुस वितरण जस्ता थुप्रै कार्यक्रमहरु संचालन गरेको हो ।



    सोही अवसरमा भेनस स्कुल /कलेजले सम्पूर्ण श्रदालु भक्त जनाहरुमा सचेत रहन अनुरोध गर्दै ठाउँ ठाउँमा सुचना बोर्ड राख्नुका साथै,


    लायन्स क्लव अफ काठमाण्डौ माकलबारी द्वारा नव निर्मित यात्रु प्रतिक्षालयको पनि उद्घाटन गरको थियो ।


सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…