• बेलबारी १३ भदौ
    मोरङको बेलबारी २ मा रहेको साहारा बालग्रामको नाममा रहेको जग्गा ब्यत्तिलाई बेच्ने भुमाफियाहरुलाई कारबाहीको माग गर्दै नेपका (क्रान्तिकारी माओवादी)ले विज्ञप्ती मार्फत बिरोध जनाएको छ ।
    बेलवारी नेपका (क्रान्तिकारी माओवादी)नगर कमिटीले बिहिवार उक्त प्रेस विज्ञप्ती निकाल्दै बिरोध जनाएको हो । यस प्रकारको अपराध प्रति हाम्रो पार्टी घोर निन्दा एवं भत्सना गर्नुको साथै उक्त जग्गा प्रकरणमा पार्टीको गम्भिर ध्यानाकर्षण भएको बेलवारी नगर सचिब मनि लिम्बु बताउछन् । सम्वन्धित पक्षलाई संस्थाको सम्पती संस्थाकै मातहातमा फर्काउनको लागी सचेत गराउदै अन्यथा पार्टीले गम्भीर कदम चाल्न बाध्य हुने अवस्था सृजना हुन सक्ने समेत विज्ञप्तीमा उल्लेख छ ।
    साहाराको जग्गा बिक्री गर्ने कार्यमा संलग्न भनिएका पुर्ब साँसद हर्कमान तामाङ,पुर्ब गाबिस अध्यक्ष शिव बराल लगायतका ब्यत्तिहरुले ईटहरीका ब्यबसायी डम्बर तामाङलाई बिक्री गरेका थिए । बालग्रामको नाममा रहेको जम्मा १ विगाहा ८ कट्ठा ३ धुर जग्गा ब्यत्तिको नाममा गईसकेको छ । बि.स २०५६ सालमा भुमीहिनहरुलाई घर सहितको बासको व्यवस्था र असहाय वालवालिकालाई आश्रमको सेवा प्रदान गर्नेउद्देश्यले स्थापित सहारा सञ्चालकहरुकै स्वार्थको सिकार हुँदा अहिले अस्तित्व नै मेटिएको छ ।


    साहारा परिवार नेपाल जिल्ला प्रशासन कार्यालय मोरङमा २०५६ सालमा दर्ता भएको देखिन्छ । दर्ता नम्बर ८७५ रहेको छ । अमेरिकाका ड्यानी अति एलिसा हाफ्रिज र डाक्टर बाल्ट ज्यामी हार्बर टेनिशीको संयुक्त लगानीमा सहारा सञ्चालनमा आएको थियो । निर्माणमात्र नभएर सञ्चालनका लागि समेत केही वर्षसम्म विदेशी लगानी नै आइरहेको थियो । सहारा परिसरमा बनेका घरहरुमा अहिले ३० परिवार बस्दै आएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…