• धरान- धरान १७ स्थित घोपामोडमा अइन्द्रबिक्रम बेघा  दुर्घटनामा परेका हुन् ।

    आफ्नै साइडमा गइरहेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको ट्याक्टरले ठक्कर दिएको थियो । घाइते बेघाका अनुसार रत्न चोकबाट रेल्वेतर्फ जादै गरेको ट्याक्टरले गलत साइडमा आएर ठक्कर दिएको थियो । गम्भीर चोटपटक नलागेपनि दुःखाई असाध्यै भइरहेको उनले बताए ।



    घाइते बेघालाई तत्काल उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । उनको प्रतिष्ठानस्थित आकस्मिक कक्षमा उपचार भइरहेको छ । प्रतिष्ठानस्थित प्रहरी पोष्टका अनुसार घाइते बेघाको खुट्टामा चोट लागेको छ भने जीउमा पनि सामान्य चोटपटक छ । 'उपचार भइरहेको छ, डाक्टरहरुले अवस्था खतरा छैन भनेका छन्,'प्रहरी जवान मणी गिरीले भने । ट्याक्टर चालक भने फरार भएको बताइएको छ ।
    उनि नेकपा १ नं प्रदेश कमिटी सदस्य हुन। समचार कपुरी न्युजबाट साभार गरिएको हो

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…