• काठमाडौँ । सांसद गगन थापा सहित काठमाडौँ क्षेत्र नं ४ का स्थानीय जनताले सडक बिभाग को कार्यालयमा धर्ना दिएका छन् ।

    ठेक्का लागेको ९ बर्ष बितिसक्दा पनि सडक नबनाएको विरोधमा सांसद थापाको नेतृत्वमा स्थानीयले सडक विभागको कार्यालय चाकुपाटमा धर्ना दिएका हुन् ।

    काठमाडौं क्षेत्र नम्वर ४ अन्र्तगत कपन र बुढानिलकण्ठ क्षेत्रमा १२ ओटा सडकको ठेक्का लिएको शैलुङ कन्ट्रक्सन लगायतका निर्माण कम्पनि विरुद्ध त्यहाँका स्थानीयले धर्ना दिएका छन् ।

    चावहिल कपन लगायत काठमाडैं क्षेत्र नं ४ का सडक लगायतका सडक निर्माणको कार्य गत बैशाखमै म्याद सकिएको छ । सडकको काम २० प्रतिशत भन्दा कम मात्रै काम भएको र फेरि पुरानै कम्पनीलाई २ वर्षको म्याद थप गरि ठेक्का दिन लागिएको भन्दै स्थानीयले बिरोध गरेका हुन् ।

    नेपाली काग्रेसका सांसद गगन थापाको नेतृत्वमा त्यहाँका उपभोक्ता र स्थानीय सरोकारवालाले सडक निर्माणमा देखिएको ढिलाइ अन्त्य नहुँदा सम्म धर्ना गर्ने चेतावनी दिएका छन् । सांसद गगन थापाले आफुहरुको अनुरोधलाई बेवास्ता गरेको सडक बिभाग र मन्त्रालयको बिरुद्ध सडक संघर्षलाई सिंहदरबार भित्र लाने चेतावनी दिनु भयो ।

    काठमाडौँ क्षेत्र नं ४ भित्र दर्जन बढी सडक निर्माणधीन छन् । अधिकांश सडकको ठेक्का शैलुङ कन्ट्रक्सन कम्पनीले लिएको छ । शैलुङ कन्ट्रक्सनले भक्तपुर नगरकोट सडक अलपत्र परेको भन्दै स्थानीय आन्दोलनमा छन् भने संसद्को बिकाश समितिले अनुगमन गरेर निर्माण सम्पन्न गर्न सचेत गराएको छ ।

    चाबहिल जोरपाटी सडक खण्डको बाँकी काम सम्पन्न गर्न पुन बोलपत्र आह्वान गरिएको छ । यहि निर्माण कम्पनिले कपन क्षेत्रको खानेपानी सम्बन्धी निर्माणको ठेक्का भर्खरै पाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…