• काठमाडौं । सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका अन्तर्गत कटकुवाको वनजंगल क्षेत्रमा करिब दुई दर्जन गाईहरु मृत र सयौंको संख्यामा घाइते अवस्थामा भेटिएको सामाचार प्रति नेपाली कांग्रेसले ध्यानाकर्षण जनाएको छ ।

    कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्ति जारी गर्दै भनेका छन्,' गाई हाम्रो राष्ट्रिय जनवार मात्र नभएर धार्मिक दृष्टिकोणले पनि गाईको छुट्टै महत्व रहँदै आएको छ । नेपालको संविधानले संरक्षित गरेको गाईको हत्या गर्नु भनेको जघन्य अपराध हो । यस्ता किसिमका घटना घट्नु अत्यन्त निन्दनीय एवं दुःखदायी विषय हो । गौहत्या कार्य प्रति नेपाली कांग्रेस संसदीय दल गम्भीर आपत्ति प्रकट गर्दै घोर भत्र्सना गर्दछ ।'

    घटनाको सत्यतथ्य छानविन गरी दोषी उपर कानूनी कारवाही गर्न र यस्ता किसिमका घटनालाई पुनः दोहोरीन नदिन नेपाल सरकार एवं सम्बन्धित निकायसँग नेपाली कांग्रेस संसदीय दलले माग गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…