• भदौ १३
    बेलबारी २ लालभित्ती स्थित सहारा परिवार नेपाल सहारा बालग्रामको व्यक्तिको नाममा गएको जग्गा पुनः सहाराकै नाममा फिर्ता भएको छ । सहाराको १ विगाहा ८ कट्ठा ३ धुर जग्गा खरिद गरेका इटहरीका व्यवसायी डम्बरबहादुर तामाङले शुक्रबार दिउँसो सहाराको नाममा जग्गा फिर्ता गरिदिएका हुन् । सहाराको नाममा जग्गा फिर्ता गर्ने प्रकृयाका लागि सहाराको तर्फबाट प्रतिनिधी बनेर भिमराज बस्नेत मालपोत कार्यालय बेलबारी पुगेका थिए । बस्नेतले तामाङबाट जग्गा फिर्ता गर्न आवश्यक भुमिका निर्वाह गरेका थिए ।
    सहाराका तर्फबाट १ करोड रुपैयाँको मुल्य कायम गरेर जग्गा किन्ने निर्णय पुस्तिका र प्रतिनिधि तोकिएको पत्रका आधार प्रकृया अघि बढाइएको थियो । जग्गा फिर्ता प्रकृयाका लागि लाग्ने आवश्यक कर छुटका लागि बेलबारी नगरपालिकाले पत्र समेत लेखिदिएको थियो ।नगरपालिकाको पत्रकार आधारमा १ करोड मुल्यांकनको सो जग्गाको लाग्ने जम्मा करमा ५० प्रतिशत छुट गरी २ लाख रुपैयाँ राजस्व समेत बुझाइएको छ । सो राजस्व पनि व्यवसायी डम्बर तामाङले नै तिरेका छन् । गत २०७५ मंसिरमा जिल्ला अदालतको आदेशका आधारमा तामाङको नाममा गएको जग्गा ९ महिनापछि पुनः संस्थाकै नाममा आएको हो । सहाराको नाममा फिर्ता भएका ६ वटा टुक्राका जग्गाहरुको कित्ता नम्बर पुरानै रहने भएका छन् ।
    साविक हरैँचा ५ख हाल बेलबारी २ का कित्तानम्बर १०७८ को ५ कट्ठा, कित्तानम्बर ७८५ को ७ कट्ठा, कित्तानम्बर १०८३ को ३ कट्ठा, कित्तानम्बर १०८१ को ४ कट्ठा, कित्तानम्बर १०९० को ५ कट्ठा, कित्तानम्बर ८१९ को ४ कट्ठा ३ धुृर समेत गरी जम्मा १ विगाहा ८ कट्ठा ३ धुर जग्गा सहारा परिवार नेपालकै नाममा फिर्ता भएको हो । अब सहाराको जम्मा जग्गा १ विगाहा ९ कट्ठा कायम भएको छ । नेकपाका नेता एवम् पुर्वसांसद हर्कमान तामाङ,सहाराका वर्तमान अध्यक्ष शिवप्रसाद बराल लगायतकै मिलेमतोमा सहाराको जग्गा डम्बरबहादुर तामाङको नाममा गएको थियो । जग्गा व्यक्तिको नाममा गएसँगै त्यहाँबाट विस्थापित भइने त्रासमा बसेका सहारामा आश्रित २८ परिवारलाई पनि अब राहत मिलेको छ । सहाराको नाममा जग्गा कायम भएसँगै उनीहरुको बासको वैधानिकता कायम भएको छ भने पिडित परिवारमा पनि खुसी छाएको छ।

    असहाय वालवालिका र घरवार विहिनहरुका लागि आश्रय दिने भनेर खोलिएको सहाराको जग्गा सञ्चालहरुले नै जालसाज गरेर व्यक्तिको नाममा लगेको समाचार वाहिर आएपछि जग्गा फिर्ता गर्न र दोषीलाई कारवाही गर्न चौतर्फी दवाव परेको थियो । रेडियो बेतना र यसको अफिसियल अनलाइन ,निरन्तर खबर डट कमबाट सहाराको जग्गा व्यक्तिलाई बेचिएको भनेर गत भदौ ९ गते समाचार वाहिर आएलगत्तै बाट यस कार्यको तिब्र विरोध सुरु भएको थियो । विभिन्न दल,सामाजिक संघसंस्थाले विभिन्न विरोध कार्यक्रमनै गरेर र सामाजिक सञ्जालबाट जग्गा फिर्ता हुनुपर्ने र दोषीमा थी कडा कारवाही हुनुपर्ने तिब्र आवाज उठेको थियो ।

    यसैविच सहाराको जग्गा विक्री काण्डमा आफ्ना नेताको नाम मुछिएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर संगठन कमिटी बेलबारीले छानविन समिति गठन गरेको छानविन समितिले काम अन्तिम चरणमा पुर्याएको छ । पार्टी जिल्ला कमिटी सदस्य एवम् बेलबारी नगर सचिव रविन थापाको संयोजकत्वमा बनेको समितिले शनिबार नगर कमिटीलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
    उता नेपाली कांग्रेस, समाजवादी पाटी लगायत बेलबारीमा विभिन्न संघसंस्थाहरुले भने जग्गा विक्रिको विरुद्धममा चरणवद्ध आन्दोलन गरिरहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…