• काठमाडौं । विवाहको नाटक गरेर नेपाली युवतीलाई विवाहकाे बाहानामा बेचेर चीन पठाउने गिरोह पक्राउ परेको छ । शुक्रबार नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले एक चीनीयाँ नागरिकलाई नेपाली युवती विदेश लैजाने क्रममा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेपछि पुरै गिरोह पक्राउ परेको हो ।

    ब्युरोको टोलीले विभिन्न मिति र स्थानहरुबाट चार जना पीडित युवतीको उद्धार गरेपछि याे घटना सँगै बाहिर आएको हाे । निकै नै संवेधशिल देखिएकाे याे घटनामा संलग्न ६ नेपाली र ४ चीनीयाँ नागरिकलार्इ ब्युराेकाे टाेलीले पक्राउ गरेकाे छ ।

    बेचबिखनका क्रममा काठमाडौंमा रहेको चिनिया दलाललेयुवतिलाई विवाह गराए बापत १० लाखसम्मको रकम लिनेको गरेको ब्युरोको अनुसन्धानबाट खुलेको छ । काठमाडौंमा बस्ने नेपाली दलालले १ देखि २ लाखसम्म, युवती राख्ने दलालले ८० हजार, युवतीको अभिभावकले ५० देखि ६० हजार वा नयाँ फोन वा जिन्सी सामग्री पाउने गरेको जनाइएको छ ।

    सिन्धुपाल्चोक हेलम्बु २ घर भई हाल टोखा बस्ने रिना तामाङ भन्ने बिबिरानी तामाङ, नुवाकोट ककनी ४ का घर भइ काठमाडौंको टोखामा अस्थायी बसोबास गर्दै आएका रोज तामाङ, त्यस्तै टोखा नै बस्ने लमजुङ बेसिसहर ३ की पार्वती गुरुङ, सोही ठाउँकी अमृता गुरुङ, भरत तामाङ र लमजुङ साबिक गाउँसहर ४ भई हाल काठमाडौं सानेपा बस्ने उषा कुमारी घिमिरे पक्राउ परेको प्रहरीले जनाएको छ ।

    त्यस्तै पक्राउ पर्ने चीनीयाँ नागरिक हुवेई प्रान्तका झेंग जियांग डोंग, झांग डांग हुई, क्वियान झान पेंग र क्विन लियांग रहेका छन् । उनीहरूमध्ये झेंग र झांग काठमाडौंमा काम गर्ने चिनियाँ दलाल र अर्का दुई विवाह गर्न भनेर आएका चीनीयाँ नागरिक भएको जनाइएको छ ।

    विभिन्न जिल्लाबाट पारिवारिक तथा आर्थिक अवस्था कमजोर भएका प्राय मंगोलियन अनुहारका युवतीहरुलाई लक्षित गरेर नक्कली विवाहको जालो फिजाउने काम गरिने गरेको अनुसन्धानबाट देखिएको छ ।

    चीनमा गए जिवनस्थर उठ्ने एवं भोली गएर परिवार सहितलाई लैजान मिल्ने किसिमका प्रलोभन देखाउँदै नेपाली युवतीको बेचबिखन गरिएको खुलेको छ । भाषा समेत नजान्ने नेपाल लगायत विभिन्न देशका युवती र चीनका पुरूष दुवैपक्षलाई अनुवादक प्रयोग गरेर कुरा गराइ छोटो समयमै विवाहको बाहानामा चीन पठाइने र उता लगेर यौनकर्मी एवं श्रम शाेषणा गराइने बनाइने गरेको अनुसन्धानबाट खुलेको छ । यो घटनालाई ‘ब्राइड बाइङ’ भनेर चिनिने ब्युराेले जनाएकाे छ ।

    हालै उत्तर कोरियाली महिलाहरुलाई छिमेकी चीन लगेर यौनकर्म गराइने गरेको खबर मानव हिंसाको एक डरलाग्दो संकेत बनेको खबर सार्वजिनक भएको थियो । यो विषयमा भइरहेको खोजका क्रममा लन्डनमा कोरिया फ्युचर इनिसियटिभ नामक अधिकारवादी संगठनले उत्तर कोरियाली महिला तथा बालिकाहरूलाई चीनमा यौन कार्य गराउन बाध्य गरिने खबर सार्वजनिक गरेको थियो । उत्तर कोरियालीहरूलाई अपहरण गरेर र यौनकर्मीका रूपमा बेच्ने र चिनियाँ पुरुषसँग बिहे गर्न बाध्य पारिने गरेको त्यो समुहले जनाएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…