• काठमाडौं। नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक चलिरहँदा नेताहरुबीच व्यक्तिगतरुपमा घोचपेच चल्दा शुक्रबारको बैठकमा केन्द्रीय सदस्य शेखर कोइराला आक्रोशित रुपमा प्रस्तुत भएका छन्।

    बिहीबारको बैठकमा पार्टी केन्द्रीय सदस्य फरमुल्ला मन्सुरले कोइराला परिवारका नेताहरुलाई ‘परिवारको विरासत’ मा राजनीतिक पहुँच बढाएको बताएपछि शुक्रबार केन्द्रीय समितिमा बोल्ने मौका पाएका शेखर कोइरालाले जवाफ दिएका हुन्।

    बैठकमा शेखर कोइरालाले भने, ‘म र महामन्त्री शंसांकमाथि धेरै घोचपेच भयो, हाम्रा पनि पिठ्युँमा निलडाम छन्। हामी जान्नेसुन्ने भएबाट काँग्रेसको राजनीतिमा छौं ।’

    केन्द्रीय सदस्य प्रदीप पौडेलले डिसी नेपालसँग भने, ‘हिजोको कुरालाई आजको बैठकमा शेखर कोइारालाले जवाफ दिनु भएको हो।’

    स्रोतका अनुसार निकै आक्रामक रुपमा प्रस्तुत भएका शेखरले पार्टीमा कसको कति लगानी छ त्यो लेखाजोखा गर्ने भए त्यसका लागि पनि आफु तयार रहेको भन्दै सबैको हिसाबकिता गर्न चुनौति दिएका छन्। उनले पेसामा रहँदा पनि पार्टीले सडकमा आउन भनेको समयमा सडकमा आएको उल्लेख गर्दै घरमै सुतेर नबसेको बताएका छन्। उनले पार्टीको काममा सबैले खाँदा आफुले पनि खाएको र अरु भोकै हुँदा आफु पनि भोकै रहेको बताएका थिए।

    हाल काँग्रेसको राजनीतिमा कोइराला परिवारका तीनजना नेताहरु सक्रिय छन्। महामन्त्री शसांक कोइराला, केन्द्रीय सदस्य सुजाता कोइराला र शेखर कोइराला। उनीहरुमा पार्टी भित्रैबाट परिवारको विरासतमा पार्टीको माथिल्लो तहमा पुगेको आरोप लगाइएपछि आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने तयारीमा रहेका शेखर आक्रोशित बनेका हुन्। यसअघि पार्टी सभापति शेरबहादुर देउवा विरगञ्जको एक सभालाई सम्बोधन गर्दै पार्टी कसैको वपौती नभएको भन्दै शेखर कोइरालामाथि खनिएका थिए।

    शुक्रबारको बैठकमा पार्टीका १७ जना नेताहरुले आ आफ्नो धारणा राखेका थिए। पार्टी सहमहामन्त्री डा. प्रकाशसरण महतले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रतिवेदन र महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेको पार्टीका भातृ संगठनबारेको अजेण्डामा नेताहरुले धारणा राखेका हुन्। यी विषयमा कुनै निर्णय भने भइनसकेको पार्टी मुख्य सचिब कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठक आगामी आइतबार पनि बस्ने छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…