• फ्राइडे रिलिजमा यो साता नेपाली चलचित्र 'मारुनी' सोलो रिलिज भएको छ । हरेक साता २ देखि ५ ओटा सम्म नेपाली चलचित्र रिलिज हुने प्रचलनका बावजुद पनी यो समयमा मारुनीले एकल रिलिज पाएको छ । तर 'मारुनी' संग लड्न भारतीय साउथ चलचित्र साहो भने आएको छ । मल्टीप्लेक्सका धेरै जसो शो 'साहो'ले पाउदा एकल रिलिज भएको 'मारुनी' हेपिएको छ ।

    त्रीकोणात्मक प्रेमकथामा बनेको चलचित्र नेपाली दर्शकका लागि निकै प्रतिक्षित बनेको थियो । ७० % अकुपेन्सीका साथ् चलचित्रको ओपनिङ् भएको छ ।

    पुनम इन्टरटेन्मेन्टको ब्यानरबाट पुनम गौतमले निर्माण गरेको चलचित्रमा दर्शना केसी, मिना क्षेत्री र राजा प्रधान सह-निर्मातामा रहेका छन । चलचित्रमा पुष्प खड्का, साम्राज्ञी राज्य लक्ष्मी शाह, रेबिका गुरुङ, विनोद भट्टराई, शंखर सेढाइ, अर्जुन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

    नवल नेपालको निर्देशन र गोविन्द फुयालको कथा रहेको चलचित्रमा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेको छ । सञ्जय लामाले यस चलचित्रलाई खिचेका हुन् भने मित्र डी गुरुङले सम्पादन गरीरहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…