• कुमार खड्का भाद्र १५, पथरी ।

    घर–घर बाट विरामी उठाउदै नोवेल अस्पताल, विपन्न र आर्थिक अभावका कारण उपचार नपाएका रोगीको देवदुत नै सावित कांग्रेसी नेता डा. शर्मा

    नोवेल अस्पताल विराटनगरले मोरङका विभिन्न स्थानमा आर्थिक रुपले कमजोर भएर स्वास्थ्य उपचार वाट वञ्चित वनेका स्थानियलाई घरघर बाटै उठाएर अस्पताल पु¥याउने गरेको छ ।
    समाजसेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएका नेपाली कांग्रेसी नेता तथा नोवेल अस्पतालका सञ्चालक डा.शर्माले पुर्वका विभिन्न स्थान बाट हजारौं गरिब तथा बिपन्न बिरामीलाई उद्धार गरी निःशुल्क उपचार गराउदै आएको छन ।
    गरीबीका कारण पैसाको अभावमा थलिएर बसेकी मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्वर १० की तारादेवि विश्कर्मालाई घरमै आएर शुक्रवार उपचारका लागि अस्पतालले लिएर गएको छ ।
    शारिरिक रुपमा अशक्त विश्कर्मा विगत १५ दिन अगाडी देखि खुट्टाको चोटका कारण थलिएकी थिइन् ।

    आर्थिक रुपमा विपन्न विश्कर्मा थलिएको थाहा पाएपछि नोवेल अस्पताल सग समपर्क गरेर उपचारका लागि अस्पताल पठाएको वडा नम्वर १० का वडा अध्यक्ष सागर राईले वताए ।
    आफ्नो वडाको आर्थिक तथा विपन्न कुनै पनि विरामी नोवेल अस्पताल उपचारका लागि जना चहेमा आफ्नो तर्फवाट एम्वुलेन्स ईन्धन निशुल्क उपलव्ध गराउने राईले प्रतिवद्धता जाहेर गरेका छन् ।
    कुनैपनि बिरामीले आर्थिक अभावकै कारण अकालमै मृत्युवरण गर्न नपरोस भनेर विपन्न परिवारको अस्पतालले निशुल्क उपचार गर्दै आएको डा.सुनिल शर्माको भनाई छ ।
    सामान्यतया उपचारका लागि अस्पताल वा स्वास्थ्य संस्था पुग्नुपर्छ । कतिपय अवस्थामा स्वास्थ्य शिविरबाट पनि उपचार पाईन्छ ।

    अहिले डा. शर्माका कारण मोरङका बिभिन्न स्थानका सर्वसाधरणले घर–घरमै निःशुल्क उपचार पाउँन थाले पछि विपन्न र आर्थिक अभावका कारण उपचार नपाएका रोगीका लागि डा शर्मा देवदुत नै सावित भएको स्थानिय दिलकुमार घतानीले सुनाए ।

    डा. शर्मा हाल नेपाल वाहिर रहेपनि उनले दिएको सेवा भने निरञ्चर रुपमा सचालन भईरहेको छ ।
    साथै, नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले ‘घर–घरमा डाक्टर, घर–घरमा नर्स’ अभियान सञ्चालन गरी घरमै डाक्टर पुगेर निःशुल्क उपचार गर्ने व्यवस्था समेत मिलाएका छन् ।
    छ महिना अघिबाट सुरु भएको यो अभियानबाट मोरङको बेलबारी, सुन्दरहरैचा, पथरीशनिश्चरे, कानेपोखरी लगायत स्थानका करिव १० हजार बिरामीले घरमै निःशुल्क उपचार पाएका छन् ।
    गरीबीका कारण पैसाको अभावमा कुनैपनि बिरामीले अकालमै मृत्युवरण गर्न नपरोस भनेर ‘घर–घरमा डाक्टर, घर–घरमा नर्स’ अभियान सञ्चालन गरिएको डा.सुनिल शर्माको भनाई छ ।
    अभियान अन्र्तगत शनिबार बाहेक हरेक दिन एमबीबीएस डाक्टर र नर्शको टोली बिरामीको घर–घरमा पुग्छन् ।

    उनीहरुले सामान्य अवस्थाका बिरामीलाई टोलमा भेला गरेर उपचार गर्छन् ।
    गम्भीर बिरामीलाई घरैमा पुगेर उपचार गर्ने गरिएको छ । घरमा उपचार सम्भव नहुँदा आफ्नै एम्बुलेन्समा नोबेल अस्पताल ल्याई निःशुल्क उपचार गर्ने गरिएको अभियानमा खटिएका डा.हिमलाल भण्डारीले जानकारी दिए ।
    समाजसेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएका डा.शर्माले यसअघि पनि हजारौं गरिब तथा बिपन्न बिरामीलाई उद्धार गरी निःशुल्क उपचार गराईसकेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…