• काठमाडौं । रवि लामिछाने एउटा व्यक्ति थिए होला कुनै दिनसम्म । तर पछिल्लो प्रसंगले उनको परिचय फेरिएको छ । उनी एक व्यक्ति भन्दा पनि सयौंको विश्वासको धरोहर बनेका छन् । नेपाली सञ्चार जगतमा नौलो आयाम कोर्न र अभियानको आरम्भ गर्न सफल उनको ख्यातिको दायरा फराकिलो बन्दै गर्दा अझै पनि उनलाई कसरी निरीह र असफल बनाउन सकिन्छ भन्नेहरुको जमात अझै सक्रिय छ । एक व्यक्तिको पछाडि कुन हदसम्म गिरेर लाग्न सकिन्छ भन्ने धेरै दृष्टान्तहरु यसबीचमा प्रकट गरिए , जतिखेर उनी नखाको विषको अभियोग बोकेर चितवनको गर्मीमा छट्पटिरहेका थिए ।

    सम्मानित चितवन जिल्ला अदालतको आदेशपछि उनी कार्यस्थलमा फर्किएका छन् र आफुमाथिको अपार विश्वासलाई अगाडि बढाउन गम्भीर र संवेदन बनिरहेका छन् उनी । एउटा सञ्चारकर्मीको लागि अपार नेपालीले देखाएको पहिलो र ऐतिहासिक समर्थन वास्तवमा आम सञ्चारकर्मीका लागि सुखद पक्ष हो नै । तर अदालतको आदेशपछि पूर्ववर्ती कार्यमा फर्कदा पनि रविलाई झिना मसिना कुरामा नै अल्झाउने खेल पुनः सञ्चारकर्मीहरुले नै सुरु गरेका छन् । रविले बिभिन्न सञ्चार माध्यममा आफुमाथि लगाइएको लाञ्छनाको जवाफ दिदै आफ्नो फेसबुक पेजबाट प्रश्न उठाएका छन् ‘ के म वितिसकेको जीवन बारे आजीवन जवाफ दिएर बसुँ ? ’ सञ्चारकर्मी लामिछानेले आफुसंग सम्बन्धित विषयबारे पत्रकारिताको सामान्य धर्म पनि ननिभाइएको गुनासो गर्दै भनेका छन ‘ एक बचन मलाइ पनि सोधे म आफ्नाबारेका हरेक प्रश्नको जवाफ दिन जहाँ र जहिले पनि तयार छु । ’

    अझै पनि आफुमाथि निर्देशित खेल भइरहेको उल्लेख गर्दै सञ्चारकर्मी लामिछानेले फेसबुकमा उल्लेख गरेको धारणा यस्तो छ ‘ अनलाईन खबर डट कम बारम्बार मेरो बितेको कुरा कोट्याउछ । कहिले ४ वटा बिहे भन्छ, कहिले अमेरिकाको घरको पैसा दिएन भनेर लेख्छ,कहिले छोरिहरुलाई हेरेन भन्छ । न म सङ वास्तविकता सोध्छ । एकोहोरो आरोप छाप्छ । बितिसकेको जीवन बारे मैले आजिवन जवाफ दिएर बस्ने रु सम्पादक अरुण बराल जी, मलाई थाहा छ, तपाईं जनाआस्था बाट पत्रकारिता गर्न शुरु गर्नु भएको ब्यक्ती हो।तपाइँको आदर्श जनआस्था होला र जनआस्थाका सम्पादक तपाइँका गुरु होलान । के तपाईंले मेरो करियर आफ्ना गुरुलाई गुरु दक्षिणा दिने बाचा नै गर्नु भएको हो र रु मैले ईशाजीलाई कति पैसा कसरी उपलब्ध गराए, मैले दिएको पैसा घरको किस्ता तिर्न प्रयोग भयो कि अन्यत्र प्रयोग भयो भन्ने कुरा मलाई सोध्नुस न ।

    हिजो राति सम्मपनि म मेरि छोरी सङ कुरा गरि रहेको छु । ईशाका दाइसङ २ हप्ता अघि भेटेकै छु । मेरो जिम्मेवारी मलाई थाहा छ, बहुत राम्ररी। भावनात्मक नाता हुनेले आफ्ना सन्तानका पिताको बारम्बार सार्वजनिक बेईज्जती गर्दैन । समस्या भए सल्लाहमा घरमै टुङ्गो लगाउछ। म हिरासतमा हुँदा ईशा जी केही पत्रकाकारहरुलाई मेरो विरुद्धमा घरको पैसाको नतिरेको, छोरीहरुलाई नहेरेको लगायतका सिकायत गर्न ब्यस्त हुनु हुन्थ्यो,आज फेरि किन रङ फेर्नु भएको हो उहाँले थाहा छैन। सायद केहि वाह वाही को लोभ लागेर हुन सक्ला । ईशाजी हिजो पनि आफ्नै दुनियाँमा खुशी हुनु हुन्थ्यो आज पनि उहाँ अमेरिकामा आफ्नै दुनियाँमा रमाइरहनु भएको छ । अरुण जीको अनलाईन खबरले आज अमेरिकाको घरको पैसा तिरेन भनेर समाचार लेखेछ,पहिलापनि चौथो सम्बन्ध भनेर हेडलाईन बनाएको थियो।कस्को कति वटा सम्बन्ध भनेर गन्ने इच्छा भए मलाई भेट्नु होला सम्पादक ज्यु,जिब्रो टोकेर फर्किनु हुनेछ। कतिपय कुरा सार्वजनिक गर्न मिल्दैन।

    अब यहि खबरमा थप मसला हालेर नागरिकको शुक्रवार भन्नेले लेख्छ । त्यसपछि उहाँहरुको नेट्वर्कका सारा अनलाइनमा जान्छ। यति धेरै किन पछि लाग्नु हुन्छरुतपाईको सम्पादकीय क्षमता मेरा विरुद्ध नै खर्चने हो आजीवनरुअब यस्को जवाफ कति कुशलताका साथ लेख्नु हुन्छ होला।अनि यति भनेकोमा मैले कुन आपत व्यहोर्नु पर्ने हो, त्यो थाहा छैन।अर्को कुरा,भावनात्मक नाता नमरेको भए आफ्ना सन्तानका बाबू हिरासत बाट छुट्ना साथ केहीले उचाल्दैमा बदनाम गराउनु पर्ने के हतारो आइलाग्यो ईशाजी लाईरु के यी सब कुराका लागि उपयुक्त मौका यहि थियोरुमैले गलत गरे कानुन छैनरु छोरीहरुको अधिकार समेत उहाँ आफैले लिन खोज्नु भएकोले सो अधिकार सुरक्षित गर्न कानुनी बाटोको खोजी भैरहेको मात्र हो जुन कुरा उहाँलाई,उहाँका दाईलाई र मेरा छोरीहरुलाई थाहा छ।

    कानुनी रुपम टुङ्गो लागेको सम्बन्धलाई पटक पटक उचालेर आफ्ना गुरु खुशी पार्ने काम बन्द गर्नुस अरुण बराल जी,कार्यक्रम निर्माणमा गल्ती भए,कन्टेन्टमा कुरा गरौ। पारपाचुके भैसकेकी महिलालाई उचाल्न बन्द गरौ र महिलाले पनि मिडिया बाजी बन्द गरौ। वास्तविकता त्यो होइन जुन भनियो र लेखियो।हैरान गर्नेपनि सीमा हुन्छ। कोहि देश भरी मुद्धा हाल्ने अभियानमा लाग्ने,कोहि पुराना कुरा उचाल्ने११ सरहरुको अरु काम छैन होला,तर प्लिज मलाई यति धेरै दुख नदिनुस। हामी सबै आ आफ्नो संसारमा खुशी छौ। ईशा जी अमेरिकामा खुशी साथ बसिरहनु भएको छ, म आफ्नो नयाँ जिवनमा खुशी छु, छोरिहरु सङ प्राय हरेक दिन कुरा हुन्छ। तपाईंलाई चाहिँ अब के चाहियो।म आज बाट कार्यक्रम शुरु गर्दैछु। त्यसमा चाहिँ केही भए लेख्नु होला। नत्र पुराना र टुंगो लागेका मुद्दा उठाएर कायरताको उदाहरण नदेखाउनु होला। यो अपिल ईशा जी,अरुण जी लगायतका जीहरुलाई । धन्यवाद।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…