•  

    उर्लाबारी । उर्लाबारी—९ भोटेपुलमा निर्माणधिन पक्की पुल निर्माण सम्पन्न भएपनि बाटो अभावले आवातजातमा सास्ती खेप्नु परेको देखेपछि युवा समाजसेवी सुन्दर श्रेष्ठले आवतजावत गर्न सकिने गरि बाटो बनाईदिन सुरु गर्नुभएको छ । नगरको कामकाज ठप्प भएको र आवातजावतमा बहुत समस्या भएको स्थानीयले समस्या राखेपछि उहाँले पुल निर्माण पछि पुलको बरपर पुर्नु पर्ने भागमा माटो तथा गिटी बालुवा लगाईदिने हुनुभएको हो । पूल निर्माण समिती र श्रेष्ठले काम सुरु गरिसक्नुभएको छ ।
    ‘होलीको बिचमा पुल बन्यो तर खाल्डी पुर्ने रकम थिएन, महिनौं भयो आवतजावतमा पनि समस्या,अझ चाँडबाड पनि आयो, के गर्ने कसो गर्ने भईरहेको थियो, उपभोक्ता समितिका सचिव मानबहादुर थापा भन्नुहुन्छ, सुन्दरदाईको सहयोगले तत्कालको लागि हिडडुल गर्न सक्ने बाटो बन्ने भएकोमा स्थानीय तथा समिती खुशी छौ ।
    थापाका अनुसार स्टमेट अनुसार पुल बनेपनि पूलले मुर्त रुप पाउन सकेको थिएन, बैकल्पिक बाटो हिलैहिलो, छेउको बासको पूल पनि जोखिमपूर्ण थियो । नगरपालिकाको काम पनि ठप्प,बजेट कतैबाट आउने सम्भावना थिएन, यो सहयोगले ठुलो राहत मिलेको अनुभूती मिलेको छ ।
    समाजसेवी सुन्दर श्रेष्ठले समिति तथा स्थानीयले समस्या सुनाएपछि सहयोग गरेको बताउनुहुन्छ । स्टमेट अनुसार काम हुँदा पनि बजेट अभाव भएपछि पूलको यो हबिगत देख्दा साह्रै दुख लाग्यो, आवात जावत नै ठप्प रहेछ, श्रेष्ठले भन्नुभयो, तत्कालका लागि माटो पुर्ने र १० ÷१२ टिपर गिटी बालुवा सहयोग गर्दा गाउँमा आवतजावतमा समस्या आउँदैन भने किन सहयोग नगर्ने भनेर सहयोग गरेको हुँ । श्रेष्ठ आफै पनि नगरपालिका गएर पूलको समस्या मेयर सामु पुरियाउनुभएको थियो । तर नगरपालिकाको काम अहिले मुद्धा मामिलाबाट ठप्प भएपछि आफैं सहयोग गर्नुभएको हो ।
    सकिन्छ नगरपालिकाले गरिदिनुहोला, सकिदैन म गर्छु भनेर श्रेष्ठले भन्नुभएको थियो । तर बाटो बनाउने तथा पुरपार गर्ने पैसा चाँहि मुद्धाले निकासा रोकिएको नगरपालिकाबाट जवाफ आएको थियो ।
    निर्माण समितिका अध्यक्ष योवाहाङ लिम्बुले तत्कालका आवतजावतमा सहज भएको भन्दै खुशी प्रकट गर्नुभयो । कोषाध्यक्ष बिमला नेपालले आर्थिक अभाब भएपनि सामाजिक ब्यक्तित्व सुन्दर श्रेष्ठको सहयोग अतुलनिय रहेको बताउनुभयो ।
    स्थानीय बुद्धिजिवी रुद्र सम्बाहाम्फे ,गजबहादुर मगर लगायतले श्रेष्ठको काम र सहयोग प्रति धन्यवाद तथा आभार प्रकट गर्नुभएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…