• सिरहा : ८ महिनाअघि प्रेम विवाह गरेकी पत्नी घरबाट भागेपछि भारतीय नागरिक २५ वर्षीय शोभित मुखियाले सिरहाको कर्जन्हा नगरपालिका २ बाट आफन्तका छोरालाई अपहरण गरे। मुखियाले आफनी पत्नी सुरेखादेवी मुखियाकी फुपु सुकनीदेवी मुखिया यादवका ५ वर्षीय छोरा शिवम यादवलाई भदौ १० गते मंगलबार अपहरण गरेका थिए।

    अपहरित बालक शिवमलाई मुखियाले ठाउँ फेर्दै भारतीय सीमामा पर्ने सर्लाहीको विष्णुपुर गाउँपालिका ५ पुर्‍याए। त्यहाँबाट सिरहा प्रहरीले बिहीबार बालकसहित मुखियालाई पक्राउ गरेको छ। आफ्नी पत्नी खोजेर ल्याइदिन भन्दै मुखियाले बालकको अपहरण गरेको खुल्न आएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चतुर्वदीले जानकारी गराए।

    मुखियामाथि अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान बढाइएको एसपी चर्तुवेदीले बताए।

    मुखियाको घर भारतीय बिहार राज्य सितामढी जिल्ला बिलाकपुर ग्राम पञ्चायत वडा नम्बर ३ को सोनारटोल हो। उनी केही समयअघि देखि सिरहाको कर्जन्हा नगरपालिका ३ शंकर कार्कीको घरमा डेरा गरी बस्थ्यो। उनी पानीपुरी र चटपटी बेच्ने काम गर्थे।

    महोतरीमा यही व्यवसायी गर्दा सुरेखासँग मुखियाको प्रेम सम्बन्ध गाँसिएको थियो। गत माघमा बिहे गरेर उनीहरू सिरहाको बन्दीपुर आएका थिए। सुरेखाको फुपु सुकनीपनि रौतहट कटहरिया नगरपालिका ६ का बच्चेलाल यादवसँग प्रेम विवाह गरेकी हुन्। उनीहरु दुबै परिवार एउटै घरमा डेरा गरी बस्दै आएका थिए।

    भदौ २ गते मुखियाकी पत्नी सुरेखा धनुषा जिल्ला बरमझिया बस्ने घनश्याम मुखियासँग भागेकी हुन्। सुरेखालाई भगाउन सुकनीले मद्दत गरेको शोभितले आरोप लगाउँदै आएका थिए।

    त्यही विषयमा पटक पटक आफूहरूको झगडा परेको सुकनीले सुनाइन्। अन्नपुर्ण पोष्टबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…